×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

‘ईट्स माई शो’मा के भएको हो ? कलाकार संघ पनि बोल्यो

१३ असार २०८१

१२ असार, विराटनगर ।
नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले कान्तिपुर टेलिभिजनको ‘ईट्स माई शो’ मा बोलेको कुराले अहिले उग्र रूप लिएको छ। नायिकाद्वयले अन्य कलाकारहरुको ब्यक्तिगत जीवनका अति गोप्य रहनु पर्ने विषयहरुलै छरपष्ट पारिदिएपछि नायिकाद्वयसहित कार्यक्रम संचालिकामाथि समेत ब्यापक प्रश्न उठेको छ ।

टेलिभिजनको ‘इट्स माई शो’ विवादमा परेपछि यस कार्यक्रमका पूर्व संचालक कलाकार तथा टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले समेत आफ्नो ब्रान्ड ध्वस्त भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्ड प्रतिको मेरो बफादारी ध्वस्त भएको छ’, उनले सामाजिक संजालमार्फत भनेका छन् ‘एक टेलिभिजनकर्मीको रूपमा म दुखित छु र यो सामाग्रीको हिस्सा बन्न चाहन्न ।’ उनले आफू अहिले उक्त शो मा आबद्ध नरहेको समेत स्पष्ट पारेका छन् ।

‘तपाईंहरुको सबैले मलाई वर्षौँदेखि देखाउनुभएको अपार माया र समर्थनको म सधैँ आभारी छु’, उनले थप लेखेका छन्, ‘तपाईंहरुको प्रोत्साहन मेरो करियरमा एक प्रमुख शक्ति हो । आगामी दिनमा पनि तपाईंहरुले रमाइलो गर्ने र गर्व गर्न सक्ने सामाग्री ल्याउन प्रतिवद्ध छु।’

कार्यक्रम संचालिका रहेकी ओसिन सिटौंलाले सोधेको प्रेमी–प्रेमिकाको प्रश्नको स्वस्तिमा र साम्राज्ञीले जवाफ दिने क्रममा अनमोल केसीसँग डेट गरेको महिलाको नामहरूमा आना शर्मा, अश्मी श्रेष्ठ र जसिता गुरुङ को नाम लिएका थिए भने जसिताले डेट गरेको प्रेमीको नाममा धिरज मगर, प्रदीप खड्का र अनमोल केसीको नाम लिएका थिए।

आफ्नो व्यक्तिगत जीवनलाई राष्ट्रिय टेलिभिजनबाट छताछुल्ल पारिदिएपछि जसिता र अश्मीले आपत्ति जनाएका छन् । जसिताले आपत्ति जनाए लगत्तै नायिकाद्वयकोे चौतर्फी आलोचना र विरोध हुन थालेपछि साम्राज्ञी र स्वस्तिमा दुवैले इन्स्टाग्रामबाट माफी मागेका थिए।

जसिताले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै आफ्नो बदनाम गर्न खोजिएको टिप्पणी गरेपछि स्वस्तिमा र साम्राज्ञीले माफी मागेका छन् ।स्वस्तिमाले लेखेकी छन्, ‘म तिम्रो भावनामा चोट पुगेकोमा एकदमै दुःखी छु ।

यो एउटा रमाइलो शो थियो र यो एकदमै आवेगमा भयो । तिमी सँगै मेरो राम्रो साथी हौ र फेरि पनि म सबै कुराका लागि माफी चाहन्छु ।’यो शोपछि साम्राज्ञीले उल्टै आफूलाई फेसबुकमा ब्लक गरेको जसिताले बताएकी छन् । इन्स्टामा भने साम्राज्ञीले पनि माफी मागेकी छन्।

उनले लेखेकी छन्, ‘हामीलाई एउटा ¥यापिड राउन्डमा राखिएको थियो र हामीले यसको परिणामलाई विचार गरेनौं । तिमीलाई उपहास गर्ने हाम्रो उद्देश्य थिएन । म तिम्रो भावनामा चोट पुगेकोमा माफी चाहन्छु ।’

नायक अनमोल केसीले पनि जसिताको स्टाटसमा प्रतिक्रिया जनाएका छन् । उनले टेलिभिजन शोको तस्विरसहित लेखेका छन्, यदि तिनीहरूले तपाईंलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस्।

यदि तिनीहरूले तपाईंलाई अनादर गर्छन् भने, अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस् । अरूको कार्यलाई तपाईं राम्रो तरिकाले काम गर्न नदिनुहोस्, किनकि तपाईं आफ्नै प्रतिनिधित्व गर्नुहुन्छ, अरूको होइन । सबैलाई सम्मान गर्नुहोस् ।

यसअघि उनले सम्मानित तीनैजना महिलाहरुलाई म आग्रह गर्न चाहन्छु कि रिल क्यारेक्टरमा भन्दा रियल क्यारेक्टरमा फोकस गर्नुहोला भन्ने प्रतिक्रिया दिएका थिए । अहिले स्वस्तिमा र साम्राज्ञीको उक्त विवादित अभिव्यक्तिलाई लिएर पूर्व मिस नेपाल अश्मी श्रेष्ठले पनि आपत्ति जनाएकी छिन।

उनले ‘ईट्स नट यर शो’ भन्दै टक शोमा आफूबारे लक्षित टिप्पणीलाई अस्वीकार गरेकी छन् । स्वस्तिमाले अश्मी श्रेष्ठको नाम अनमोल केसीको गर्लफ्रेन्डको रूपमा लिएकी थिइन्। अश्मीले ईन्स्टाग्राममा लेखेकी छिन, ‘म सधैँ मेरो आफ्नो काममै सीमित रहे र कहिल्यै बाहिरी होहल्लाबाट विचलित भइन।

तर भर्खरैको घटना, जसरी एक टक शोमा अप्रिय रूपमा प्रकट भएको छ, जहाँ मेरो नाम अनियमित रूपमा अनावश्यक विवादमा फ्याँकिएको छ, त्यो कुनै पनि सत्य होइन, म यहीँ भन्न चाहन्छु। अन्तर्वार्ताको नाममा कसैको व्यक्तिगत जीवनको चर्चा गर्ने संस्कृतिलाई म स्पष्ट रूपमा अस्वीकार गर्छु।

त्यो प्रश्नलाई बरु होस्टले सिधै सरोकारवालाहरूलाई नै सोधेको भए ठिक हुन्थ्यो। सरोकार नभएका व्यक्तिहरूलाई सरोकार नभएका प्रश्नहरूको जवाफ दिन बाध्य तुल्याउनु उचित होइन। निराधार तथ्यहरू प्रस्तुत गर्नु र आएका पाहुनाहरूलाई बोल्नको लागि दबाब सिर्जना गर्नु पूर्णतया नैतिकता विपरीत हो, जुन देख्नु एकदमै दुखद हो।

हुन त त्यो कार्यक्रममा धेरै चीजहरू छन् जुन म भन्न चाहँदिन किनकि म यसलाई लम्ब्याउन चाहँदिन। म मात्र यस कारण बोल्दै छु किनकि मलाई लाग्छ कि यसलाई उचित रूपमा ह्यान्डल गरिएको छैन र दर्शकको भ्यूज र ध्यान तान्नलाई हामी सीमा पार गर्दैछौं।

फेरि पनि एक पटक यो संस्कृतिलाई म स्पष्ट रूपमा अस्वीकार गर्दछु।’ यस घटनामा नेपाल चलचित्र कलाकार संघले पनि नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अशोभनीय अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष मोहन निरौलाले बुधबार जारी गरेको विज्ञप्तिमा हालै एक टेलभिजनको कार्यक्रमको प्रस्तुती र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति संघको ध्यानाकर्षण भएको उल्लेख छ ।

‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ ।

एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्याय संगत ठहर्दैन र हुँदैन पनि ।’ ओसिन सिटौलाले चलाएको शोको पहिलो एपिसोडमा स्वस्तिमा र साम्राज्ञी राज्यलक्ष्मी शाह गेस्ट बनेर गएका थिए ।

कार्यक्रममा होस्टले सोधेको प्रश्नको जवाफ दिन नसकेमा ‘लुगा फुकाल्नुपर्ने’ जस्तो अपाच्य गेम खेलाइएको थियो । उक्त गेममा ओसिनले विभिन्न सेलिब्रिटीको नाम लिँदै फलानाको बेडमा कसलाई भेट्न सकिएला ? जस्ता प्रश्नहरू समेत सोधेकी छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top