Nepal Times
Nepal Times
3
Shares

उखु किसानलाई भुक्तानी नदिने अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

उखु किसानलाई भुक्तानी नदिने अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

१५ माघ, काठमाडौं ।

उखु किसानको भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् ।

किसानकाे लाखौं रुपैयाँ भुक्तानी नदिएपछि त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको हाे । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी जाहेरी परेको बताए ।

गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असूल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो । यसअघि २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा पक्राउ परेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.