×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

उत्तरमध्यमा र भाषा प्रशिक्षण कक्षा सञ्चालनको माग

२८ बैशाख २०७५

काठमाडौँ, २८ वैशाख ः पूर्व जानकारी बिना नेपाल संस्कृत विश्वविद्यालयले उत्तरमध्यमा (प्रविणता प्रमाणपत्र तह) र भाषा प्रशिक्षण कक्षाको भर्ना बन्द गरेपछि प्राध्यापक एवं विद्यार्थीले यसलाई तत्काल सञ्चालनको माग गरेका छन् ।

प्रत्येक वर्ष वैशाख पहिलो साता साधारण विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीका लागि संस्कृत भाषा प्रशिक्षण शुरु हुन्थ्यो । यस वर्ष पूर्व जानकारी बिना भाषा प्रशिक्षण भएन । उत्तरमध्यमाको भर्ना पनि नखुलेपछि पुनःसञ्चालनको माग भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह हटे पनि संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यमा तह हटेको थिएन । संस्कृतमा दश जोड दुईको पाठ्यक्रम तयार नभएको भन्दै विश्वविद्यालयले उत्तरमध्यमा तहको पठनपाठन गर्दै आएको थियो ।

वाल्मीकि विद्यापीठका विभागीय प्रमुखको आजको भेलाले तत्काल उत्तरमध्यमा र भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न विश्वविद्यालय प्रशासनसमक्ष माग गरेको छ । संस्कृतमा विद्यार्थीको स्रोत नै उत्तरमध्यमा भएकाले यो तहको पठनपाठन बन्द गर्न नहुने प्राध्यापकको माग छ ।

गृहकार्य बिना दुवै तहको कक्षा स्थगन गरिएकामा प्राध्यापकले नेसंवि योजना, अवधारणा निर्माण समिति नै गठन गरेर संस्कृत शिक्षाको दीर्घकालीन योजना निर्माणको अभियान शुरु गरेका छन् ।

पाँच सदस्यीय समितिको संयोजकमा प्रा डा भोजराज पन्त, सदस्यहरुमा प्रा डा जीवन अधिकारी, प्रा डा मोहनप्रसाद पोखरेल, सप्रा डा माधवप्रसाद पाण्डेय र सदस्य सचिवमा उप प्रा. डा प्रेमराज न्यौपाने छन् ।

विश्वविद्यालयको विकासका लागि दश वर्षे योजना निर्माण गर्न समिति गठन गरिएको हो । संस्कृत शिक्षालाई नयाँ ढङ्गले पठनपाठन गराउन नीति निर्माण गरिने सदस्य सचिव न्यौपानेले जानकारी दिए।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top