×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उत्तर कोरियाले बनायो आणविक पनडुब्बी

२२ भाद्र २०८०

२२ भदौ , एजेन्सी ।
अहिलेसम्म उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेर तनाव बढाउँदै आएको थियो । तर अब उसले आणविक आक्रमण गर्न सक्षम पनडुब्बी लन्च गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले नयाँ शैलीको रणनीतिक आणविक आक्रमण गर्ने पनडुब्बी प्रक्षेपण गरेको जनाएको छ । उक्त समारोहमा सर्वोच्च नेता किम जोङ उन पनि उपस्थित थिए ।

रिपोर्टका अनुसार किम जोङले भनेका छन्, ‘नयाँ पनडुब्बी उत्तर कोरियाली नौसेनाको पानीमुनि आक्रमण गर्ने माध्यममध्ये एक हो ।

यसले आफ्नो लडाई मिशन पूरा गर्नेछ। केसीएनए रिपोर्टका अनुसार यस पनडुब्बीको नाम ‘हिरो किम कुन ओक’ राखिएको छ, जसले उत्तर कोरियाको नौसेनालाई बलियो बनाउने नयाँ अध्याय सुरु गर्नेछ ।

केसीएनएका अनुसार किमले भनेका छन्, “नौसेना जहाज निर्माण उद्योगलाई विस्तार गर्ने अभियानमा पछाडि हट्ने कुनै ठाउँ छैन, किनकि यो असफलता बिना पूरा हुने प्राथमिक कार्य हो।“

उत्तर कोरियाले हालै अमेरिकालाई चेतावनी दिदै क्षेप्यास्त्र आक्रमणको अनुकरण गरेको खुलासा गरेपछि यो घोषणा आएको हो।

केसीएनएले सिमुलेशन अमेरिका र दक्षिण कोरिया द्वारा संचालित संयुक्त सैन्य अभ्यास को प्रतिक्रिया स्वरुप आणविक पनडुब्बी लन्च भएको बताएको छ ।

३१ अगस्ट मा अमेरिका र दक्षिण कोरियाले प्रत्यक्ष फायर अभ्यास गरेका थिए । मेमा सियोलमा, अमेरिका र दक्षिण कोरियाका राष्ट्रपतिहरूले सैन्य सहयोग बढाउने वाचा गरका थिए ।

उत्तर कोरियाले यस वर्ष एक दर्जन भन्दा बढी मिसाइल परीक्षणहरू गरेको छ। जहाँ यसअघि २०२१ मा आठ र २०२० मा चार मात्र टेस्ट भएका थिए। उत्तर कोरियाले आफ्नो देशको स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउने भएको छ ।

यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उन चाँडै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुसको भ्रमण गर्न सक्ने पनि समाचारहरू आएका छन् किनभने रुसले युक्रेनमा आफ्नो युद्धमा प्रयोगका लागि सैन्य उपकरण खरिद गर्ने प्रयास गरिरहेको छ। अमेरिकाले यो महिनाभित्र किमले रुसको भ्रमण गर्ने अनुमान गरेको छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top