८ चैत्र, उदयपुर ।
उदयपुर त्रियुगा ९ झिल्के चोक बस्ने ६२ बर्षीय तिलक दनुवार र सोही स्थानका १४ बर्षीय रोशन दनुवारको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
शुक्रबार साझँ झिल्के चोक स्थित बाटो छेउमा बसिरहेका दुबैजनालाई चुहाडेबाट गाईघाट तर्फ आउदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा गम्भिर घाईते भएकोमा तिलकको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा र रोशनको न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसै गरी उनीहरु सगै बसेका ३२ बर्षीय राजकुमार दनुवारलाई समेत सोही एम्बुलेन्सले ठक्कर दिदा गम्भिर घाईते भएकोमा उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।
ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।