×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

उदित नारायणले पत्नीलाई दिए धोका

१३ फाल्गुन २०८१

१३ फागुन, काठमाण्डौ।

बलिउडका चर्चित गायक उदित नारायण झा पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा पर्न थालेका छन् । केही दिन अघिमात्रै उनी स्टेजमै फ्यानलाई चुम्बन गरेपछि विवादमा परेका थिए । यो घटना नसेलाउँदै अब उनी अर्को गम्भीर कानुनी झमेलामा परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध जेठी पत्नी रञ्जना झाले सुपौल पारिवारिक अदालतमा उजुरी दिएकी हुन् । जसमा उनले उदितले आफ्नो अधिकार हनन् र सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।

सो मुद्दामा उदित नारायण यही फेब्रुअरी २१ मा सुपौल पारिवारिक अदालतमा हाजिर भए । तर उदितले रञ्जनाका कुनै पनि माग स्वीकार गरेनन् । रञ्जनाले आफ्नो बढ्दो उमेर र स्वास्थ्यका कारण आफू अब उदित नारायणसँग बस्न चाहेको अदालतमा बताइन् ।

तर उदितले अब यस्तो सम्भावना नरहेको बताए । रञ्जना र उदित नारायणबीच १९८४ डिसेम्बर ७ मा विवाह भएको थियो । तर सम्बन्ध राम्रो हुन सकेन । जब उदितले १९८८ मा फिल्म उद्योगमा प्रसिद्धि पाउन थाले, तब उनले आफ्नी पत्नी रञ्जनालाई छाडे ।

यसपछि रञ्जनाले महिला आयोगमा उजुरी दिइन् । त्यसपछि उदितले उनलाई फ्ल्याट र अन्य आर्थिक सहयोगको वाचा गरे तर पछि दिएनन् । रञ्जनाको आरोपको विरोध गर्दै उदित नारायणले रञ्जनाले पैसा उठाउन खोजेको र अदालतलाई गलत जानकारी दिएको दाबी गरे ।

उनले २०१३ मा बिहार महिला आयोगमा पहिलेको विवाद सौहार्दपूर्ण रूपमा समाधान गरिएको बताए । जसअन्तर्गत रञ्जनालाई हरेक महिना १५ हजार रुपैयाँ दिने सहमति भएको थियो । पछि २०२१ मा यो रकम बढाएर २५ हजार पु¥याइयो ।

उनले रञ्जनालाई १ करोडको घर,२५ लाखको कृषि जग्गा र गहना समेत दिएको दाबी गरेका छन् । तर, रञ्जनाले यी दाबी अस्वीकार गर्दै आफूसँग १८ लाख मूल्यको जग्गा रहेको भन्दै उदित नारायणले बेच्न रोकेको बताइन् ।

यस्तै रञ्जनाले आफू उदितलाई भेट्न मुम्बई पुग्दा दुव्र्यवहार गरिएको आरोप पनि लगाइन् । यस मुद्दामा मानवअधिकार अधिवक्ता एस.के. झाले राष्ट्रिय मानव अधिकार आयोग र बिहार मानवअधिकार आयोगमा दुईवटा याचिका दायर गरेका छन् ।

एस.के. झाले भारतीय संविधान र हिन्दु विवाह ऐनअन्तर्गत कुनै पनि व्यक्तिलाई आफ्नो अघिल्लो विवाह कानुनी रूपमा समाप्त नगरी फेरि विवाह गर्ने अधिकार नभएको बताए । उदित नारायणका गतिविधिले महिला अधिकार हनन् भएको र यो मानवअधिकार हनन् पनि भएको उनले बताए ।

अब यस विषयमा अदालतमा सुनुवाइ जारी रहनेछ । रञ्जना झा र उदित नारायणको सम्बन्धमा के नयाँ मोड आउँछ त्यो भने प्रतिक्षाकै विषय बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उदित नारायणले बिहारकी रञ्जनासँग सन् १९८४ मा विवाह गरेका थिए ।

जतिबेला उदित बलिउडमा चर्चित नाम थिएनन् । उनी आफ्नो करिअर बनाउन संघर्षरत थिए । यसपछि उनी श्रीमतीलाई छाडेर मुम्बई हानिए । मुम्बईमा उदितले दीपा गहतराजलाई भेटे र प्रेममा परे । अनि उनीहरूले सन् १९८५ मा विवाह गरे ।

उनीहरू एक छोरा आदित्य नारायण छन्, जो गायक पनि हुन् । उदितका हिन्दी, नेपाली लगायत विभिन्न भाषामा सयौं चर्चित गीतहरु छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top