×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उद्घाटन भईसकेको धरहरा अझै बनिसकेन्,म्याद थपिँदै

१४ माघ २०८०

१४ माघ, काठमाण्डौ । 

निमार्ण सम्पन्न नहुदै २ वर्ष अघि उद्घाटन गरिएको काठमाडौँको धरहरा अझै निर्माणाधीन अवस्थामा छ । तर निर्माण सम्पन्न नहुँदै धरहराको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु भएको छ । गएको मङ्गलवारदेखि न्युरोडमा कालोपत्र सडकमाथि गाडी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले विकल्पमा धरहरा क्षेत्रमा पार्किङ उपलब्ध गराएको हो ।

महानगरले यसअघि नै पुरानो बसपार्क क्षेत्रमा पनि पार्किङ सुविधा उपलब्ध गराएको छ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध भएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ ।

शहीदगेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाण्डौ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ । त्यहाँ गएको दशैँदेखि छठपर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । दुई वर्षमा सक्ने गरी कात्तिक ०७५ मा सुरु भएको धरहरा पुनर्निर्माण आयोजनाको ठेकेदार कम्पनीले पाँचैपटक म्यादको प्रक्रिया अघि बढाएको छ ।

पछिल्लोपटक थपिएको म्याद पुस मसान्तमा सकिएसँगै म्याद थपको प्रक्रिया बढाएको हो । पाँचौँपटक म्याद थपका लागि प्रक्रिया अगाडि बढेको निर्माण कम्पनी रमन कन्स्ट्रक्सनले जनाएको छ । हाल बगैँचा निर्माणका लागि फूल–बिरुवा रोप्ने काम, झिलिमिलिका लागि बत्तीको काम, धरहरापरिसरमा रहेको मेटलमा सिसा हाल्नेलगायतका काम रहेका छन ।

निर्माण कम्पनीका अनुसार धरहरा निर्माणमा अझै १० प्रतिशत काम बाँकी नै छ तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख ०७८ मै धरहरा निर्माण सम्पन्न भएको दाबी गर्दै उद्घाटन गरेका थिए । तर, टावरबाहेक अन्य संरचना निर्माण बाँकी रहेकाले सर्वसाधारणका लागि धरहरा खुला हुन सकेको छैन ।

४२ रोपनीमा फैलिएको धरहराको लागत अनुमान तीन अर्ब आठ करोड छ । जसमध्ये साढे दुई अर्ब अर्थात् ७९ प्रतिशत रकमको काम भइसकेको छ । धरहरा आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो ।

जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा विस्तार भएको हो । तत्कालीन पुनर्निर्माण प्राधिकरणले पारित गरेको डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ ।

धरहरापरिसरमा रहेको सुन्धारा पुनर्निर्माण गलत तरिकाले भएको आरोपमा स्थानीयले विरोध गरेपछि काम रोकिएको थियो । निर्माण कम्पनीको कामविरुद्ध महानगरका मेयर बालेन्द्र साह (बालेन)ले समेत आपत्ति जनाएका थिए । भूकम्पले ढलेको धरहरा संरक्षण पनि उपयुक्त तरिकाले नभएको भन्दै स्थानीयले विरोध गरेपछि कम्पनीले काम रोकेको थियो । उक्त रोकिएको काम कहिले सुरु हुने भन्ने अझै यकिन भएको छैन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top