×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

उपकुलपतिको नियुक्ति प्रक्रिया किन रद्द भयो ?

२२ पुष २०८०

२२ पुष, काठमाण्डौ ।
त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको रिक्त रहेको पदपूर्तिका लागि गत २० गते निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द भएको जनाएको छ । विश्वविद्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । ‘रिक्त रहेको पदमा नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको दरखास्त आव्हानसम्बन्धी मिति २०८०÷०९÷२० को सूचना रद्द गरिएको छ’, सूचनामा भनिएको छ ।

यो सूचना समितिको शनिवारको बैठकले रद्द गरेको जानकारी दिइएको छ । यद्यपि सूचना प्रकाशित भएलगत्तै शुक्रबार नै दरखास्तको सूचना सच्चाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए । उनले नै उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएपछि समितिले अस्ति शुक्रवार सार्वजनिक गरेको विज्ञापन रद्द गरेको हो ।

उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्थासहित समितिले नयाँ विज्ञापन सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघिको विज्ञापनको चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका हुन् ।

उपकुलपति पदपूर्तिका लागि निकालिएको दरखास्तसम्बन्धी सूचना पनि आफू अनुकूलका व्यक्तिलाई भर्ना सहज हुने गरी मापदण्ड बनाइएको भन्दै आलोचना भइरहेको छ । शुक्रवार प्रकाशित सूचनामा ‘समितिले विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पेस गर्नु पर्ने उल्लेख गरेको थियो । यसैलाई लिएर विभिन्न क्षेत्रबाट विरोध भएको थियो ।

साथै पदपूर्ति समितिकै गठन र तीनका सदस्यहरू माथि पनि प्रश्न उठाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भने उपकुलपतिको पदपूर्ति कुनै पनि हालतमा खुला प्रतिस्पर्धाबाट गराउने र राजनीतिक भागबन्डामा नपार्ने प्रतिवद्घता व्यक्त गर्दै आएका छन् । राजनीतिक बृत्तमा भने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उपकुलपति बनाइने चर्चा चल्दै आएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top