Nepal Times
Nepal Times
3
Shares

उपत्यकाको निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याइने

उपत्यकाको निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याइने

२१ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याइने भएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित लम्ब्याउन लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले अहिलेको भन्दा कडा प्रावधानसहित निषेधाज्ञा लम्ब्याउने तयारी भएकाले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर मापदण्ड बनाइ निर्देशन जारी गर्ने उनले बताए ।

‘आजदेखि आन्तरिक उडान बन्द भएकाले हवाई यात्रुहरु विमानस्थल जानु नपर्दा सडकमा यात्रुहरुको सङ्ख्या घट्छ भने अरु चहलपहल पनि घटाउँछौँ’ प्रजिअ भट्टराईले भने ।

अब सरकारी कार्यालय तथा बैंक र वित्तीय कार्यालयहरु आधा क्षमतामा मात्रै चलाएर निश्चित सङ्ख्यामा मात्रै गाडी चलाउन दिने, अत्यावश्यक बाहेकका आवतजावत रोक्ने, नाकामा जाँचमा कडाइ गर्ने लगायतका तयारी भएको छ ।

भोलिदेखि नै थप कडाइ हुने र सङ्क्रमणको अवस्था हेरेर थप निर्णय लिने प्रजिअ भट्टराईले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.