Nepal Times
Nepal Times
3
Shares

उपत्यकामा निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्था खुला

उपत्यकामा निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्था खुला

१६ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन् ।

नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ । सङ्घले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय नियमित सञ्चालन हुने जनाएको छ ।

सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकलाई अत्यावश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ । बैंकका सबै शाखामा ग्राहकको भीडभाड बढी हुने हुँदा भीड कम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

उनले नगद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न आग्रह गरे । सङ्घले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेट/मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.