२७ कात्तिक, काठमाडाैँ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’को निरीक्षण गरी यसलाई प्रभावकारी सञ्चालन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले ‘एक्सन रुम’बाट हाल भइरहेका गतिविधि, सञ्चालनमा देखापरेका समस्या र प्रभावकारी कामका लागि तत्काल सुधार गर्नुपर्ने सवालबारे चासो दिए ।

उनले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन, रिपोर्टिङ तथा अन्य देखापरेका समस्या समाधानका लागि एक्सन रुमको उपयोग गरिने बताए ।

उपप्रधानमन्त्री पोखरेलले कर्मचारीलाई निर्देशन दिँदै भने, “नतिजामुखी परिणाम दिनेगरी तत्काल समस्या समस्याको समाधानसहित एक्सन रुमको प्रभावकारी सञ्चालन गर्ने कार्ययोजना बनाउनुस् ।”

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्र्तगतको नतिजा व्यवस्थापन क्षेत्र हेर्न सचिव डा. तीर्थ ढकालले ‘एक्सन रुम’का बारेमा जानकारी गराएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top