×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ऋषिकेशका स्वकीय सचिवको ठगी धन्दा,एमबीबीएसको नाममा ३८ लाख झ्वाम

१९ पुष २०८१

१९ पुष , काठमाण्डौ।

सहकारी प्रकरणमा श्रीमतीविरुद्ध प्रहरीले पक्राउ पुर्जी नै जारी गरेपछि घेरिदै आएका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल नै ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएको छ ।

यसअघि सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाममा उमा गौरी कृषि सहकारीको ठगी धन्दामा पक्राउ गर्न जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि अञ्जलालाई प्रहरीले अझै पक्राउ नगरेको अवस्थामा उनका स्वकीय सचिव नै ठगी धन्दामा मुछिएको फेला परेको छ ।

मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने स्वकीय सचिव अनिल पोखरेल ३८ लाख ३० हजार रुपैयाँ ठगीमा जोडिएका हुन् । ठगी प्रकरणमा पोखरेललाई पक्राउ गरेर अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेशसमेत दिएको छ ।

पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम ठगी गरेको पीडितले बताएका छन् । छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै पोखरेलले आफूसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीले बताएका छन् ।

विभिन्न मितिमा आफूबाट पोखरेलले ७ पटक रकम लिएको उनको भनाइ छ । नविल बैंकमा रहेको पोखरेलको खातामा चौधरीले रकम जम्मा गरिदिएका थिए । पोखरेलको खातामा रकम जम्मा भएको चौधरीले अदालतमा बुझाएको स्टेटमेन्टमा समेत उल्लेख छ ।

एमबीबीएस अध्ययन गर्न छोरीको नाम निकालिदिने र होस्टलमा बस्ने वातावरण बनाइदिने बताएपछि रकम दिएको बुबा बौआलालले दिएको जाहेरीमा उल्लेख छ । तर, एमबीबीएस प्रवेश परीक्षामा छोरी उत्तीर्ण नभएपछि चौधरीले पोखरेलसँग रकम मागेका थिए ।

पैसा माग्दा पोखरेलले उल्टै चौधरीलाई ५० लाख रुपैयाँ ऋण दिएको कपाली तमसुक देखाएका थिए । २०७८ फागुन ९ गते पोखरेलले हिसाब चुक्ता गरिदिने भन्दै काठमाडौं बोलाएर पुरानो मितिमा किर्ते कागज बनाएको पीडितले बताए ।

‘छोरीलाई डाक्टर बनाउन पोखरेललाई करिब ३९ लाख रुपैयाँ बुझाएँ । मेरो पहुँच र पावर माथिसम्म छ, छोरीलाई डाक्टर पढाउन नाम निकाल्ने व्यवस्था मिलाइदिन्छु भनेपछि पैसा दिएको हुँ,’ बौआलालले दिएको जाहेरीमा उल्लेख छ, ‘छोरीको नाम त निस्किएन नै, उल्टै मेरो रकम पचाउने र थप रकम लिने उद्देश्यले किर्ते तमसुक बनाएको छ ।’

रकम फिर्ता माग्दा पोखरेलले जबरजस्ती किर्ते तमसुक बनाएको र उल्टै धम्की दिने गरेको चौधरीले बताएका छन् । आफू ठगीमा परेको भन्दै पोखरेललाई कारबाही माग गर्दै चौधरी उजुरी बोकेर प्रहरी कार्यालय पनि पुगेका थिए ।

पोखरेलबाट ठगीमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दर्ता गर्न चौधरी धेरै पटक धाए । तर, प्रहरीले उजुरी नै लिन नमानेको समेत उनले बताएका छन् ।

पोखरेलविरुद्ध ठगी मुद्दामा जाहेरी दिँदा प्रहरीले प्रमाण नपुग्ने भन्दै नलिएपछि चौधरीले १८ साउन २०७९ मा हुलाक निर्देशनालय विराटगरमार्फत् मोरङ प्रहरीमा जाहेरी दरखास्त पठाएका थिए। प्रहरीले हुलाक र प्रत्यक्ष भेटेर पनि पोखरेलविरुद्ध उजुरी दर्ता नगरेपछि चौधरी अदालत पुगेका थिए ।

रकम दिएको बैंक स्टेटमेन्ट र भौचरसहित दिँदा पनि प्रहरीले उजुरी दर्ता नगरेपछि चौधरीले अदालतमा रिट दायर गरेका थिए । चौधरीले ३१ साउन २०७९ मा पोखरेलविरुद्ध अनुसन्धान गर्न परमादेश मागदाबीसहित रिट निवेदन दर्ता गराएका थिए ।

यस विषयमा मोरङ प्रहरीले भने आन्तरिक रुपमा आफुहरु अनुसन्धानमा रहेको बताएको छ । अदालतबाट परमादेश आइसके समाचारबाट थाह पाएपछि आधिकारिक रुपमा अदालतको पत्र प्रहरी कार्यालयमा आइनपुगेको भन्दै मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले प्रहरीले विगतमा जाहेरी दर्ता नगरेको विषयमा समेत ततकालीन समयको फाइल खोज्ने काम गरिरहेको बताएका छन् ।

उनले अदालतको पत्र प्राप्त हुनासाथ कारबाही प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् । चौधरीले ठगीमा संलग्न पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला सरकारी वकिल कार्यालय मोरङलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ । गत भदौ ३१ गते उच्चले दिएको परमादेश पुस ११ गते प्रमाणीकरण भएको हो ।

अदालतको परमादेशपछि सभापति पोखरेलले स्वकीय सचिव अनिलकुमारलाई जिम्मेवारीबाट हटाएका छन् । पोखरेलले संघीय संसद सचिवालयलाई स्वकीय सचिवलाई पोखरेललाई हटाएको जानकारीसहितको पत्र पठाएका छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएका थिए । पोखरेलले संसद सचिवालयमा लेखेको पत्रमा भनिएको छ, ‘निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।’

संघीय सांसद तथा लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइरालासमेत सहकारी ठगीमा फरार अभियुक्त छन् । मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारीको करोडौं रकम कोइराला सञ्चालक भएको बेला अनियमितता भएको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

गत मंसिर २७ गते अदालतमा सहकारी ठगीको मुद्दा दर्ता भएर पुस ३ गते पक्राउ पुर्जी जारी भए पनि कोइराला पक्राउ परेकी छैनन् । विराटनगरको महेन्द्र रात्री विद्यालयकी शिक्षिका रहेकी कोइराला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि विद्यालयमा हाजिर भएकी छैनन् ।

यही प्रकरणमा सभापति पोखरेलको लेखा समितिबाट राजीनामा समेत माग गरिएको छ । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारको नेतृत्व गरिरहेको सांसदकी पत्नी सहकारी ठगीमा संलग्न भएको र स्वयं सभापति पोखरेलमाथि नै प्रश्न उठेकाले गएको पुस ८ को बैठकमा पदबाट राजीनामा दिनु पर्ने माग गरेका थिए ।

माओवादी सांसद मोदीले सभापति पोखरेलको राजीनामा माग्दा एमाले सांसद गोकुल बास्कोटा र मोदिबीच केहिबेर सवालजवाफ भएको थियो । एमाले र कांग्रेसका सांसद पोखरेलको पक्षमा देखिएका थिए ।

सांसदहरुले प्रश्न उठाएपछि सभापति पोखरेलले आफु सबै कानुनि परिक्षामा संलग्न हुन तयार रहेको बताएका थिए । अहिले स्वकीय सचिव नै ठगी प्रकरणमा मुछिएपछि उनी थप दबाबमा परेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top