×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एउटा यस्तो गाउँ : जहाँ कुखुरा पाल्दैन् पनि र छुँदैनन् पनि

१० भाद्र २०७५

मकवानपुर : हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् ।मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्राय मानिसहरुले हाँस पालेकै हुन्छन् ।

यी बस्तीमा गोपाली समुदायको बसोबास उल्लेख्य छ । एकनासे घर भएका कुन्छाल बस्तीमा पुस्तौंदेखि नै कुखुरा पाल्ने चलन छैन । ‘भाले बास्यो भने गाउँमा रोगब्याधी लाग्ने, असिना परी बाली नष्ट हुने विश्वासले कुखुरा पाल्दैनौं,’ थकालीसमेत रहेका कुन्छाल गाउँका ७८ वर्षीय चन्द्रबहादुर गोपालीले भने ।

यहाँका गोपाली समुदाय कुखुरापालन नगरे पनि अन्य व्यवसायमा भने संलग्न छन् । केही युवा भने लुकेरै कुखुराको मासु खाने गर्छन् । दशकअघि कुन्छालका एक युवाले कुखुरा पाल्न खोज्दा चन्द्रबहादुर लगायत गुठीका व्यक्तिले पाल्न दिएनन् ।

उक्त समुदायमा अन्तरजातीय विवाह गरे कुलभित्र पस्न दिइँदैन । कशं बिहे गरी जन्मेका सन्तानको मृत्यु भए दाहसंस्कारका लागि स्थान पनि दिइँदैन ।, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top