×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एउटै जिल्लाका ३० वडा सचिवविहीन

२९ बैशाख २०७५

दाङ, २९ वैशाख ः दाङका स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ ।

जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिवविहीन अवस्थामा रहेका छन् । कतिपय स्थानमा एकजना सचिवले दुईवटा वडा हेर्दै आएका छन् । यसले गर्दा स्थानीयवासीले सहजरुपमा वडाबाट सेवा पाउन सकेका छैनन् ।

वडावासीले सम्बन्धित वडाबाट हुने कामका लागि सचिव पर्खन पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । एकजना सचिव भेटाउन करीब साता दिन धाउनुपर्ने र कामका लागि महिना दिनसम्म पनि लाग्ने गरेको स्थानयिवासीले गुनासो गरेका छन् । यसले उनीहरुलाई परिवर्तनको प्रत्याभूतिको साटो झनै समस्या थापिएको महसुस भएको छ ।

स्थानीय तहमा कर्मचारीको अभावका कारण काम कार्वाही प्रभावकारी हुन सकेको छैन । जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिए पनि जिल्लाका अधिकांश स्थानीय तहमा समस्या देखिएको जिल्ला समन्वय अधिकारी कृष्ण गौतम बताउँछन् ।

“जिल्लामा आएका कर्मचारीलाई स्थानीय तहको आवश्यकतानुसार व्यवस्थापन गर्ने गरेका छौँ,” गौतमले भने – “तर जिल्लामै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा स्थानीय तहमा समस्या देखिएको छ ।”

घोराही र तुलसीपुर उपमहानगरपालिकाबाहेक जिल्लामा सबै स्थानीय तहमा कर्मचारी अभाव देखिएकोसमेत उनले बताए।

“जिल्लामा करीब ३० देखि ४० जनासम्म वडा सचिवको आवश्यकता देखिएको छ, त्यत्तिकै मात्रमा अन्य कर्मचारीको समेत अभाव छ,” जिल्ला समन्वय अधिकारी गौतमले भने – जिल्लामा कर्मचारी छैनन्, मन्त्रालयले कर्मचारी पठाउँदैन ।”

जिल्लाका बंगलाचुली, राजपुर, गढवा, बबई, दंगीशरण, शान्तिनगर गाउँपालिकालगायतका स्थानीय तहमा कर्मचारीको अभाव रहेको बताइन्छ ।

देउखुरी राजपुर गाउँपालिकाका वडा नंं १, २ र ३ को काम एकै सचिव मेघसिंङ पछाइले हेर्दै अएका छन् । साबिक बेला गाविसअन्तर्गत रहेका तीन वडाको सम्पूर्ण काम आफूले विगत असार महिनादेखि हेर्दै आएको सचिव पछाइ बताउँछन् ।

राजपुर गाउँपालिकामा ८ वडा रहेका छन् जसमा अहिले दुई जना मात्र सचिव रहेका छन् । वडा सचिव नभएका वडामा लेखापाल तथा प्रविधिज्ञले वडाको काम गर्ने गरेको गाउँपालिकाका अध्यक्ष लोकराज केसी बताउँछन् ।

त्यस्तै, गढवा गाउँपालिकामा पनि आठ वडामध्ये अहिले दुईमा मात्र सचिव रहेका छन् । बाँकी छ वडामा लेखापाल तथा प्रविधिज्ञले सचिवको काम गर्ने गरेका छन् ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top