×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

७ भदौ, विराटनगर ।

सशस्त्र प्रहरीको एपिएफ महिला टोली एएफसी वुमन्स क्लब च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न मलेसिया प्रस्थान गरेको छ ।

बिहीबार साँझ प्रीति राईसहितको विभागीय टोली एपिएफ वुमन्स क्लब च्याम्पियन्स लिग खेल्नका लागि मलेसिया प्रस्थान गरेको हो ।

एसियाली फुटबल महासंघ (एएफसी)को ‘ड्र’ अनुसार एपिएफ समूह ‘सी’ रहेको छ । यो समूहमा एपिएफसँगै उज्वेकिस्तानको फुटबल क्लब नासाफ र मलेसियाको सबा फुटबल क्लब रहेको छ ।

एएफसीका अनुसार प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा एक समूह ‘ए’मा चार र अन्य तीन समूहमा तीन टोली रहेका छन् ।

एपिएफले पहिलोपटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो ।

एसियाका क्लबहरू भिड्ने उक्त प्रतियोगिताको छनोट खेल आइतबारबाट मलेसियामा सुरु हुँदै छन् । सुरु दिन नै उज्वेकिस्तानको सेभिन्चसँग खेल्दै एपिएफले प्रतियोगिताको थालनी गर्ने छ ।

सन् २०१९ यता प्रत्येक वर्ष आयोजना हुँदै आएको उक्त प्रतियोगिता २०२० मा भने कोरोना महामारीका कारण रद्द नै भएको थियो ।

 

Scroll to Top