×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एकीकृत पार्टीमा कस्तो हुन्छ दुई अध्यक्षको हैसियत ?

२५ चैत्र २०७४

कहिले ओली, कहिले प्रचण्ड एक नम्बर नेता 

काठमाडौं – एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

अन्तरिम विधानसम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै पहिलो नम्बरको नेता हुने गरी विधान प्रतिवेदन बनाएको हो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । ‘एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष रहने, दुवै अध्यक्षले बैठकको आलोपालो अध्यक्षता गर्ने, बैठकको अध्यक्षता जसले गर्छ, त्यतिबेला उसको वरीयता पहिलो नम्बरमा हुने गरी विधान प्रतिवेदन बनाइएको छ,’ कार्यदलका सदस्य एमाले नेता बेदुराम भुसालले भने, ‘आलोपालो अध्यक्षता हुने भएकाले अघिल्लोपटक पहिलो वरीयतामा रहेको अध्यक्ष पछिल्लोपटक स्वतः दोस्रो वरीयताको मर्यादाक्रममा हुनेछ ।’

निर्णय पुस्तिकामा आलोपालो हस्ताक्षर
एमाले र माओवादी केन्द्रका बैठकहरूमा उपस्थिति पत्रमा सबैले, तर बैठकका निर्णयको अन्तिममा भने अध्यक्षले मात्र हस्ताक्षर गर्ने प्रचलन छ । यो प्रचलनअनुसार एकीकृत पार्टीमा दुई अध्यक्षमध्ये जसले बैठकको अध्यक्षता गर्छ, उसैले निर्णयको अन्तिममा हस्ताक्षर गर्नेछ । तर, आलोपालो अध्यक्षताको विधि र प्रक्रिया के हुने विषयमा भने विधान मौन रहेको स्रोतले जनायो । ‘प्रतिवेदन पार्टी एकता संयोजन समितिबाट अनुमोदन हुन बाँकी छ, त्यसैले यस्ता विषय स्पष्ट हुन पनि सक्छन्, दुई अध्यक्षले समझदारीमा गर्न पनि सक्नुहुन्छ,’ कार्यदलकै अर्का एक सदस्यले भने । पार्टी एकता घोषणा सभा बैठकको अध्यक्षता भने केपी ओलीले गर्ने गरी समझदारी भएको स्रोतले बतायो ।

२२ चैतमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले ९ वैशाखमा पार्टी एकता घोषणा सभा गर्नका लागि तयारी अघि बढाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्किएपछि २७ चैतमा पुनः संयोजन समिति बैठक बोलाइएको छ । उक्त बैठकले एकतापछि बन्ने पार्टीमा संख्याको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द विधानमा राख्ने कि नराख्ने विषय टुंगो लगाउने नेताहरूले बताउँदै आएका छन् ।

औपचारिक  पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर 
विधान प्रतिवेदनमा पार्टीका तर्फबाट हुने औपचारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर रहने स्पष्ट पारिएको कार्यदलका नेताहरूले बताए । यस व्यवस्थाअनुसार पार्टीले जारी गर्ने सर्कुलर, कुनै संवैधानिक निकाय वा संस्थालाई पार्टीका तर्फबाट पत्राचार गरिँदा दुवै अध्यक्षले हस्ताक्षर गर्नेछन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top