Nepal Times
Nepal Times
3
Shares

एकैदिन १३ सयले बढ्यो सुनको मूल्य

एकैदिन १३ सयले बढ्यो सुनको मूल्य

८ बैशाख, काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ७ रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.