×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एक महीनाका लागि मेलम्चीको पानी वितरण बन्द हुँदै

२१ जेष्ठ २०७८

२१ जेठ, काठमाडौं ।

उपत्यकामा अब झण्डै एक महीना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो ।

सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनका अनुसार पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने देखिएको छ । त्यस्तै, २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ ।

दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो ।

उनले भने, ‘कार्यविधिमा अन्तिम काम नै सुरुङ खाली गर्ने हो, खाली गरेर समस्या नभएमा पुनः भरेपछि त्यो कार्ययोजना सफल हुन्छ ।’ झण्डै तीन महीना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । अहिले अन्य समस्या भने देखिएको छैन ।

आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाडौंमा आउन थालेको छ ।

समितिले आयोजनाअन्तर्गत २७ किमी लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो ।

सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’ को अन्तिम काम भइरहेको आयोजनाले जानकारी दिएको छ ।

शुरु भएको झण्डै दुई दशकपछि आयोजना सम्पन्न भएको हो । सरकारले समृद्ध नेपालका लागि यसलाई एक सफल आयोजनाका रुपमा लिएको छ ।

सरकारले मेलम्चीकै दोस्रो खण्डका रुपमा याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन आवश्यक पूर्वाधारको निर्माण अघि बढाउँदैछ ।

हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो । सरकारले आगामी आवमा सो आयोजनाका लागि रू. तीन अर्ब ५१ करोड विनियोजन गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top