×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

२७ असार ,काठमाण्डौ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । एक वर्षपछि आजबाट सुरु हुने भनिएको बैठक अन्तिम समयमा आएर सारिएको हो । विधान सम्मत कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने हुन्छ । तर लामो समयदेखि बैठक बसेको थिएन ।

पार्टीका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पौडेलले अब बैठक साउन २ गते बस्ने जानकारी दिएका छन् । पार्टी महामन्त्री विश्वप्रकाश शर्माले बैठकका विषयमा थप गृहकार्य आवश्यक भएकाले बैठक सारिएको जानकारी दिए ।

“सधैँ सभापति र महामन्त्री बसेर एजेन्डा सेट हुन्थ्यो । यसपटक उपसभापति र सहमहामन्त्री पनि बसेर छलफल भए र २ दिन अरू सार्ने कुरा भयो,” शर्माले भने, “२९ र ३० संसद् हुन सक्छ । साउन मसान्त पनि भएन त्यसकारण २ गते पु¥याइएको हो ।”

शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पत्नी सीता दाहालको निधनका कारण भने बैठक नसारिएको पनि बताए । कांग्रेसले गएको वर्ष साउन २७ गते केन्द्रीय समिति बैठक राखेको थियो । त्यसपछि पटकपटक बैठक बोलाउँदै बैठक सार्ने गरिएको थियो ।

यसबीचमा कांग्रेसले कुनै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गर्दै आएको थियो । आज बस्ने भनिएको बैठकमा केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी गरेका थिए ।

खाँणको निलम्बनको विषयलाई छलफलको एजेण्डा नबनाउने प्रयत्न हुनसक्ने भए पनि यो विषयलाई उठाइने नेताहरुले बताएका थिए । तर बैठक नै सरेपछि खाँणको निलम्बनको विषय पनि हाललाई टरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top