Nepal Times
Nepal Times
3
Shares

एनआइसी बैंकका खातावालालाई होटल ह्यारिसनमा भारी छुट

एनआइसी बैंकका खातावालालाई होटल ह्यारिसनमा भारी छुट

साउन १९, विराटनगर । एनआइसी एशिया बैंक र विराटनगरस्थित चारतारे होटल ह्यारिसन प्यालेसबीच ब्यापारिक छुट सम्बन्धि सम्झौता भएको छ ।

यी दुई संस्थाबीच तीनपैनीस्थित होटल परिसरमा सो बिषयको सम्झौता भएको हो । बैंकको तर्फबाट एनआइसी बैंकका प्रदेश–१ प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट जेनरल म्यानेजर राजेन्द्रप्रसाद दाहालले ‘मर्चेन्ट टाईअप एग्रिमेन्ट’मा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि एनआईसी बैंकमा खाता रहेका ग्राहकहरुले ह्यारिसन होटलमा बस्नुपर्दा कोठाको शुल्कमा २० प्रतिशत छुट पाउने छन् ।

यस्तै खाना र पेयपदार्थमा १० देखि ३० प्रतिशतसम्म छुट दिने सम्झौता भएको एनआईसी एशिया बैंक प्रदेश–१ का उपप्रमुख बिष्णुप्रसाद आचार्यले बताए । सम्झौतापछि बैंकको प्रदेश एकमा रहेका १ लाख ५० हजार बढी ग्राहक लाभान्वित हुने आचार्यले बताए ।

यसअघि बैंकले विराटनगरमा रहेका नाम चलेका विभिन्न ५ वटा स्वास्थ्य संस्थासंग टाईअपगरि आफ्ना ग्राहकलाई १५ देखि २० प्रतिशतसम्म छुट दिने सम्झौता गरिसकेको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.