Nepal Times
Nepal Times
3
Shares

एनएनआईपीए स्पोर्टस अवार्डबाट २८ जना सम्मानित, काे-काे बने उत्कृष्ट ?

एनएनआईपीए स्पोर्टस अवार्डबाट २८ जना सम्मानित, काे-काे बने उत्कृष्ट ?

६ फागुन, काठमाडौँ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले २८ जना खेलाडीहरुलाई सम्मान गरेको छ । तेक्वाङ्दोमा निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारीलाई एनएनआइवीए सर्वोत्कृष्ट खेलाडी अवार्ड सहित २८ जनालाई सम्मानित गरेको छ ।

गुरुङ र अधिकारीले समान १/१ लाख प्राप्त गरेका छन् । उनीहरुले आफ्नो विधामा उत्कृष्ट खेलाडी अवार्ड समेत जितेका छन् । यसैगरी भलिबलतर्फ सरस्वती चौधरी र एथलेटिक्सतर्फ अजित यादवले उदयमान खेलाडीको अवार्ड जितेका छन् । उनीहरुले समान ५०/५० हजार रुपैयाँ प्राप्त गरेका छन ।

उनीहरुले आफ्नो विधामा उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका छन् । पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको जगराज आदर्श खेलाडी अवार्डबाट बक्सिङ प्रशिक्षक मदन गुरुङ ३५ हजारसहित सम्मानित भएका छन् ।

पारा खेलकुद तर्फ बोसिया खेलकी महिमा कोइरालाले अवार्ड जितिन् । यसैगरी खेल पत्रकार प्रज्वल ओलीले स्पेशल वार्ड र राजेन्द्र चित्रकारले एनएनआइपिए पत्रकारिता पुरस्कार जितेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.