Nepal Times
Nepal Times
3
Shares

एनएमबि बैंक ‘ग्रीन डिल अफ द इयर २०२१’ सम्मानित

एनएमबि बैंक ‘ग्रीन डिल अफ द इयर २०२१’ सम्मानित

२० भदौ, काठमाडौँ ।

एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणी अन्तर्गत ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधिले सम्मानित भएको छ ।

अन्तर्राष्ट्रिय वित्त निगमसँग आइएफसी नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको हो ।

अन्तर्राष्ट्रिय वित्त आइएफसी निगमसँग सम्झौता अन्तर्गत एनएमबि बैंकले आइएफसी द्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ्ग र जलवायूमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.