Nepal Times
Nepal Times
3
Shares

एनएमबी बैंकको १० प्रतिशत लाभांश घोषणा

एनएमबी बैंकको १० प्रतिशत लाभांश घोषणा

१२ साउन, काठमाडौँ ।
एनएमबी बैंकले पूँजी बजारका लागि संचालन गरेका दुई वटा योजनाले १० प्रतिशत माथि लाभांश दिने भएको छ । पूँजी बजारमा खासै उत्साह नदेखिएका बेला एनएमबी बैंकले आफ्नो म्युचुअल फण्ड अन्तरगत संचालित ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ को मुनाफाबाट ईकाई धनीहरुलाई १० प्रतिशत माथि लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ का ईकाई धनीहरुलाई १५ प्रतिशत र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ का ईकाई धनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो घोषणा आगामी कार्तिक ३ गते लागू गरिने पनि जानकारी गराइएको छ । ७५ करोड रहेको ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ ५ वर्षे योजना हो । त्यसैगरी ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ ले आर्थिक वर्ष २०७५÷०७६ को नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनएमबी क्यापिटलले प्रवद्र्धन गरेको यी दुई सामूहिक योजना सात वर्षे योजना हो । दुवै योजनाको पूँजीको आकार १ अर्व रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.