×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

२७ मंसिर २०८२

२६ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको च्याम्पियन घोषणा हुन् अब एक दिन मात्रै बाँकी छ । ८ टोली मध्ये २ टिमले फाइनलमा स्थान बनाएका छन् भने दुई पटक अवसर पाएर पनि विराटनगर फाइनलमा पुग्नबाट बन्चित भएको छ ।

लिग चरणमा सुदूरपश्चिमको खेल उत्कृष्ट रह्यो । यो टोलीले ७ खेलमा ६ जित निकाल्यो । फाइनलसम्म पुग्दा सुदूरपश्चिमलाई पराजित गर्ने एकमात्रै टिम विराटनगर हो । सबैभन्दा कमजोर साबिक विजेता जनकपुर बोल्ट्स देखियो ।

सातमा एक खेल मात्रै जितेर यो टोली तालिकाको पुछारमा पुग्यो । साबिक विजेता जनकपुरका लागि यो सिजन बिर्सनलायक बन्यो । ८ टोली मध्ये केहीका कप्तानहरूको प्रदर्शन उत्कृष्ट रह्यो भने केहीको प्रदर्शन मध्यम र केहीको बिर्सनलायक देखिएको छ ।

प्रमुख उपाधि दाबेदार मानिएको दीपेन्द्रसिंह ऐरी कप्तानीको सुदूरपश्चिम रोल्यस विराटनगर किङ्सविरुद्ध मात्रै कमजोर देखियो । ४९ बल रहँदै ६ विकेटले उक्त खेल हार्दा तालिकमा तेस्रो स्थानमा रहेको विराटनगर दोस्रो स्थानमा उक्लियो ।

फलत ः यो टिमले पहिलो क्वालिफायरमा यही टोलीको सामना गर्यो । तर दोस्रो पटक क्वालिफायरमा भेट भएको विराटनगरले हार्यो । अलडाउन्डर मध्यक्रममका ब्याटर दीपेन्द्रको सम्झनलायक इनिङ भनेको कर्णालीविरुद्ध थियो ।

यस खेलमा पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चचिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जारी सिजनमा सुदूरपश्चिमले बनाएको यो कम स्कोर हो । सुरुवातीक्रमका ब्याटरहरू सस्तैमा आउट हुँदा दीपेन्द्रले यो इनिङ सम्हाले ।

सुदूरपश्चिम ८ ओभरको तेस्रो बलमा ४ विकेटको क्षतिमा ४६ रनको अवस्थामा हुँदा दीपेन्द्र क्रिजमा आएका थिए । उनले २८ बलमा ३९ रन जोड्न १ चौका र २ छक्का प्रहार गरे । उनैले सर्वाधिक बढी रन जोडे ।

सुदूरपश्चिमको इनिङ थोरै उकासियो । यस खेलमा दीपेन्द्रले कर्णालीका ४ विकेट लिए । उनले ओपनरद्वय प्रियांक पञ्चाल र मार्क वाटको महत्त्वपूर्ण विकेट लिएका थिए। उनको अलराउन्ड प्रदर्शनले यो खेल सुदूरपश्चिमको पक्षमा गएको हो ।

लिग चरणमा उनले सबैभन्दा बढी विकेट र रन बनाएको खेल यही हो । उनले काठमाडौं गोर्खाजसँगको खेलमा पनि ३० बलमा ३९ रन जोडे । अन्य खेलमा उनको प्रदर्शन जितका लागि अरु खेलाडीलाई साथ दिन मात्रै सीमित भयो ।

विराटनगरसँगको खेलमा उनको बलिङ फितलो बन्यो । २ ओभर बलिङ गर्दा उनले विकेटविहीन रहँदै ३८ रन खर्चिए । यस इनिङमा उनको ब्याटिङ पनि चलेन । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने जारी सिजनको लिग चरणमा सर्वाधिक १७ विकेट लिने बलर हुन् ।

प्रतियोगिता पहिलो क्वालिफायरमा पुग्दा सन्दीपलाई सुदूरपश्चिमका अविनाश बोहोराले उछिनेका थिए । तर उनले दोस्रो क्वाफायरमा २ विकेट लिँदै उनलाई उछिने । तर टिमलाई भने फाइनलसम्म पुर्याउन सकेनन् ।

राष्ट्रिय टिमका पूर्वकप्तान तथा विराटनगरका कप्तान स्पिन बलर लामिछानेले काठमाडौं गोर्खाजविरुद्ध सबैभन्दा कम १ विकेट र जनकपुरविरुद्ध सबैभन्दा बढी ४ विकेट लिए । उनलै सबै खेलमा पूरै चार ओभर बलिङ गरेका छन् ।

काठमाडौंविरुद्ध उनले एक विकेट लिँदा २४ बलमा २६ रन दिए । उनले बलभन्दा बढी रन दिएको इनिङ यही हो । लिगकै सबैभन्दा बलियो देखिएको सुदूरपश्चिम रोयल्सविरुद्ध उनले ३ विकेट लिए ।

उनले २४ बलमा २० रन मात्रै दिए । बलिङमा सन्दीप निर्णायक बन्दा सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लागेको थियो । जनकपुर बोल्ट्सविरुद्ध विराटनगरको जित निकाल्न सन्दीपले चार विकेट लिए ।

जारी सिजनमा उनले सर्वाधिक विकेट र कसिलो बलिङ गरेको इनिङ यही हो । लुम्बिनीसँग हारेको खेलमा उनले चार ओभर बलिङ गर्दा २ विकेटसहित २० रन मात्रै दिए । चितवन राइनोजसँग हारेको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दा २ विकेट लिएर २४ रन दिए ।

लुम्बिनीसँगको खेलमा सन्दीपले २ विकेट लिए तर विराटनगरका ब्याटरहरू नचल्दा यो खेल लुम्बिनीको पक्षमा गयो । विराटनगर फाइनलमा नपुगेपछि सर्वाधिक विकेटधारी सन्दीपलाई सर्वाेत्कृष्ट खेलाडी मध्ये एकका रुपमा हेरिएको छ ।

कर्णाली याक्सका कप्तान सोमपाल टिमकै भरोसा भएका फास्ट बलर हुन् । तर, समग्रमा उनको बलिङ कमजोर देखिएको छ । सात इनिङमा १४४ बल फ्याँक्दा उनले २१६ रन खर्चिए । सोमपालले यस सिजन ९ विकेट लिए । पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजविरुद्ध उनी विकेटविहीन रहे ।

उनको फितलो प्रदर्शन पोखराविरुद्ध रह्यो । उनले त्यस इनिङमा २४ बलमा ५० रन खर्चिए भने विकेट लिन सकेनन् । काठमाडौंविरुद्ध सोमपालको बलिङ कमजोर देखियो । यस इनिङमा उनले १८ बल फ्याँक्दा ३५ रन खर्चिए भने विकेट हात पारेनन् ।

जनकपुरविरुद्धको इनिङमा मात्रै सोमपालले बलभन्दा कम रन दिए । जसमा २ ओभर बलिङ गर्दा ११ रन दिए । एक विकेट पनि लिए । सोमपालले सर्वाधिक विकेट लिएको इनिङ सुदूरपश्चिमविरुद्धको हो ।

त्यसबेला उनले २४ बलमा ३२ रन खर्चिए ३ विकेट लिए । उनी कुनै खेलमा जितको निर्णायक बन्न सकेनन् । काठमान्डु गोर्खाजका कप्तान तथा बलर करण केसीले ८ खेलमा १७३ बल फ्याँक्दा २१४ रन खर्चिएर १३ विकेट लिएका छन् ।

उनी सर्वाधिक विकेट लिने खेलाडीको पाँचौ स्थानमा छन् । उनले सुदूरपश्चिम रोयल्सविरुद्ध उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गर्दा उनले ४ विकेट लिएर ३० रन खर्चिए । तर, पनि यस खेलको जित विपक्षीको हातमा गयो ।

चितवनसँगको खेलमा करणले ओपनर दीपक बोहोरलाई शून्यमै आउट गराए । यस खेलमा ४ ओभर बलिङ गर्दा २ विकेट लिएर २३ रन दिए । बलभन्दा कम रन दिएको उनको इनिङ यही हो ।

कर्णालीविरुद्ध ४ ओभर बलिङ गर्दा उनले १ विकेट लिँदै २६ रन खर्चिए । पोखरासँगको खेलमा कप्तान तथा ओपनर कुशल भुर्तेलको विकेट पनि करणले नै लिए । त्यस खेलमा उनले २ विकेट लिएर २५ रन दिए ।

विराटनगरसँगको खेलमा ओपनर लोकेश बमको विकेट पनि करणले नै लिए । काठमाडौंले हारेको यस खेलमा करणले ३ ओभर १ बल फ्याँक्दा २८ रन खर्चिएर १ विकेट लिए । जनकपुरविरुद्धको खेलमा भने करणको बलिङ कमजोर देखिन्छ ।

उनले लुम्बिनी लायन्सविरुद्ध ४ ओभर बलिङ गर्दा एक विकेट लिँदै ३६ रन खर्चिए । चितवन राइनोजका कप्तान तथा ब्याटर कुशल मल्लको प्रदर्शन यस सिजनमा बिर्सनलायक रह्यो । उनको ब्याटिङ कुनै खेलमा पनि चलेन ।

उनले बनाएको सर्वाधिक ३० रन हो । जनकपुरसँगको त्यो खेलमा पनि चितवनले हा¥यो । बलिङमा पनि उनी कमजोर देखिए । विराटनगरविरुद्धको खेलमा उनले ३ ओभर ५ बल फ्याँक्दा ४६ रनसम्म खर्चिए ।यो सिजनमा कुशलको न ब्याटिङ चल्यो न बलिङ ।

पोखरा एभेन्जर्सका कप्तान तथा ब्याटर कुशल भुर्तेलको यस सिजनमा प्रदर्शन सुखद हुन सकेन । तर पनि उनले २ खेलमा अर्धशतक प्रहार गरे । मजबुत देखिएका सुदूरपश्चिम र विराटनगर जस्ता टोलीविरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन् ।

तर, पोखराले यी दुवै खेल भने हा¥यो । कुशल दुई खेल लुम्बिनी र जनकपुरविरुद्ध डक आउट भए । अन्यमा उनको प्रदर्शन सम्झनलायक छैन । नेपाली राष्ट्रिय टिम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको ब्याटिङ एनपीएलको यस सिजनमा मध्यम देखिन्छ ।

उनले कर्णालीविरुद्ध सर्वाधिक ४९ रन जोडे । यो खेलको जित लुम्बिनीको पक्षमा परेन । पोखराविरुद्ध उनले सर्वाधिक दोस्रो ४० रन बनाए । यस इनिङमा उनले लुम्बिनीबाट सर्वाधिक रन बनाएका थिए ।

उनको रनको आडमा लुम्बिनीले खेल जित्यो । जनकपुरविरुद्ध सर्वाधिक ३४ रन बनाए । यही खेल जितेर लुम्बिनीले प्लेअफमा स्थानमा बनाएको हो । यो महत्त्वपूर्ण खेलमा उनकै ब्याटिङले लुम्बिनीले जितेको हो ।

लुम्बिनीले रोहितको ३९ रनको साथमा चितवनविरुद्ध जित निकाल्यो । विराटनगरविरुद्ध समूह चरणमा उनी शून्मै आउट भए । यद्यपि विराटनगरसँगको हिजो दोस्रो क्वालिफायरमा भने रोहितको दोस्रो सर्वाधिक ३४ रन निर्णायक बन्यो ।

यससँगै रोहित सर्वाधिक रनकर्तामा तेस्रो स्थानमा उक्लिएका छन् । उनले ९ खेलमा २६० रन जोडेका छन् । यद्यपि उनले शतक र अर्धशतक भने प्रहार गर्न सकेनन् । एनपीएलमा उनलाई सर्वाेत्कृष्ट खेलाडी मध्ये एकका रुपमा हेरिएको छ।

साबिक विजेता जनकपुरले अनिल साहको कप्तानीमा पोखरा, विराटनगर र काठमाडौंविरुद्धको तीन खेल मात्रै खल्यो । उनको कप्तानीको विषयमा आलोचना भएपछि जनकपुरले कप्तानको जिम्मेवारी अन्य दुई खेलाडीलाई दियो ।

जनकपुरका अनिल साहको यो वर्ष ब्याटिङ र बलिङ दुवै फ्लप भएको छ । यो टिमले एक मात्रै जित निकालेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top