×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

२ मंसिर २०८२

१ मंसिर, काठमाण्डौ।

नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ। यस सिजनमा धेरै नयाँ कुराहरू छन्, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।

यसपटक त्रिवि मैदानको स्वरूप परिवर्तन गरिएको छ र दर्शकहरूले प्यारापिटबाट खेल हेर्न पाउनेछन्। साथै, फ्लडलाइटको व्यवस्था गरिएकाले राति पनि खेलहरू सञ्चालन हुनेछन्। आज उद्घाटन खेल दिउँसो ४ बजे सुरु हुनेछ।

उद्घाटन खेलमा अघिल्लो सिजनको विजेता जनकपुर बोल्ट्स र काठमाडु गोर्खाज भिड्नेछन्। जनकपुरमा आबद्ध भएका दक्षिण अफ्रिकाका चर्चित स्पिनर इमरान ताहिर आजको खेलमा अनुपस्थित हुनेछन्।

२७ दिनको अवधिमा कुल ३२ खेल हुनेछन्, जसमा समूह चरणका २८ खेल, तीन प्लेअफ र एक फाइनल खेल समावेश छन्। दिनको दुई खेल हुँदा पहिलो खेल ११ः४५ बजे र दोस्रो खेल ३ः३० वा ४ः०० बजे सुरु हुनेछन्, जसले गर्दा धेरै दोस्रो इनिङ्ग्स फ्लडलाइटमा खेलिनेछन्।

प्लेअफका खेलहरू र मंसिर २७ गते हुने फाइनल खेल पनि फ्लडलाइटमै हुनेछ। कुल ३२ मध्ये २३ खेल फ्लडलाइटमा हुनेछन्। एनपीएलको प्रत्यक्ष प्रसारण नेपालमा स्टार स्पोट्र्स, कान्तिपुर म्याक्स र डिश होम गो (ओटीटी) मार्फत हुनेछ।

भारतमा स्टार स्पोट्र्स र फ्यान कोड (ओटीटी) मा हेर्न सकिनेछ। बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्समा स्टार स्पोट्र्स र मध्यपूर्व तथा अन्य देशहरूमा डिश होम गो (ओटीटी) मार्फत प्रसारण हुनेछ। यसपटक युट्युबमा भने एनपीएल हेर्न पाइने छैन।

रंगशालामा गएर हेर्न चाहने दर्शकका लागि टिकटको मूल्य तोकिएको छ । उद्घाटन र शनिबार साधारणतर्फ ५०० रुपैयाँ, प्रिमियमतर्फ १५०० रुपैयाँ तोकिएको छ । आज उद्घाटनको टिकट भने सकिएको छ ।

क्यान र प्रहरीले समेत टिकट बिक्री भइसकेको हुनाले मैदान आसपास नगर्यदिन अनुरोध गरेको छ । बाँकी दिनका समूहका खेलमा साधारणतर्फ ५०० रुपैयाँ, प्रिमियमतर्फ १००० रुपैयाँ टिकट तोकिएको छ ।

यस्तै तीन प्लेअफ र फाइनलमा साधारणतर्फ १००० रुपैयाँ, प्रिमियमतर्फ २००० रुपैयाँ तोकिएको छ । सिजनभरिको सबै खेलको पास भने १५००० रुपैयाँमा प्राप्त गर्न सकिनेछ । टिकट खल्ती एपबाट खरिद गर्न सकिनेछ।

त्रिवि प्यारापिटको कुल सिट क्षमता १०,००० रहेको छ भने थप ३,००० क्षमताको अस्थायी प्यारापिटमा पाहुना, प्रायोजक र टिमका सदस्यहरूलाई राखिनेछ।क्यानले यस सिजनमा ४४ करोडभन्दा बढी आम्दानी गर्ने अनुमान गरेको छ, जसमा प्रायोजकबाट १५ करोड, फ्रेन्चाइज टोलीबाट ९ करोड, टिकट बिक्रीबाट १२ करोडसम्म, ओटीटी राइट्स बिक्रीबाट ५ करोड ३० लाख र टिभी राइट्स बिक्रीबाट ३ करोड रुपैयाँ समावेश छन्।

यस्तै एनपीएलका नेपाली खेलाडीको पारिश्रमिक २ लाखदेखि २२ लाख रुपैयाँसम्म तोकिएको छ। विदेशी खेलाडीको पारिश्रमिक भने सार्वजनिक गरिएको छैन। गत वर्ष भारतका शिखर धवनले एकै खेलको ४० लाख रुपैयाँ लिएका थिए। यसपटक उनी आउने छैनन् ।

यस लिगमा १४ देशका ४३ जना विदेशी खेलाडी आबद्ध भएका छन्। यसमा न्युजिल्यान्डका स्कट कुग्लेइन (सुदूरपश्चिम रोयल्स) र जिमी निशम (पोखरा एभेन्जर्स), अफगानिस्तानका नाजीबुल्लाह जाद्रान (कर्णाली याक्स) र गुल्बादिन नइब (लुम्बिनी लायन्स) जस्ता हाल टेस्ट टोलीबाट खेलिरहेका चार जना खेलाडी पनि छन्।

आईसीसीको नियमअनुसार टेस्ट देशबाट हाल खेलिरहेका चार जना खेलाडी मात्र एनपीएल खेल्न पाउनेछन्। निशम र नइब भने सुरुवाती खेल खेलेपछि युएईको आईएलटी २० खेल्न जानेछन्। पहिलो संस्करणकै ८ टिमबीच यसपटक पनि प्रतिस्पर्धा हुनेछ ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने छन्। यस टोलीमा रहेका खेलाडीहरूमा सन्दीपसहित बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्।

विराटनगरको प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुद दासानायके छन्। जनकपुर बोल्ट्सका कप्तान अनिल साह (विकेटकिपर) हुन्।

टोलीमा अनिल साह (कप्तान÷विकेटकिपर)सहित विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी–ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था (विकेटकिपर), वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, संगिथ कोरी, आसिफ शेख (विकेटकिपर), रुपेश सिंह, इमरान ताहिर, पप्पु यादव र मयन यादव छन्। यसको प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपाउल छन् ।

चितवन राइनोजको कप्तानी कुशल मल्लले गर्नेछन्। यस टोलीमा कुशल मल्ल (कप्तान), विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर र सैफ जैब समावेश छन्। यसको प्रशिक्षकमा कलाम अली छन् ।

यस्तै काठमाडु गोर्खाजका कप्तान करण केसी हुन्। टोलीमा करण केसी (कप्तान), मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर),सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।

यसको प्रशिक्षकमा नेपालमा पुर्व प्रशिक्षक मोन्टी देशाइ छन् । पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन्। टोलीका खेलाडीहरूमा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन्।

यसको प्रशिक्षकमा भारतका राजीव कुमार रहेका छन् । लुम्बिनी लायन्सको कप्तानको जिम्मेवारी नेपालीराष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले सम्हालेका छन्। यस टोलीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्। यसको प्रशिक्षकमा पनि भारतकै टिनु योहान्नन रहेका छन् ।

कर्णाली याक्सको नेतृत्व सोमपाल कामीले गर्नेछन्। खेलाडीहरूमा सोमपाल कामी (कप्तान), विल बोसिस्टो, दीपक डुम्रे (विकेटकिपर), अर्जुन घर्ती (विकेटकिपर), गुलसन झा, युवराज खत्री, जयकिशन कोलसावाला (विकेटकिपर), म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, दीपेन्द्र रावत, पवन सर्राफ, विपिन शर्मा, इमरान शेख, युनिश ठकुरी, मार्क वाट, नन्दन यादव, मनिष थापा र नाजिबउल्लाह जद्रान रहेका छन्।

यसको प्रशिक्षकमा नेपालको ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल रहेका छन् । सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गर्नेछन्। यस टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।

यसको प्रशिक्षकमा नेपाली टोलीका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन् । अब एनपीएलको पुरस्कार राशिको चर्चा गरौं । एनपिएल विजेताले १ करोड ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै उपविजेतालाई ५१ लाख रुपैयाँ, तेस्रो हुनेलाई २५ लाख रुपैयाँ र चौथो हुनेलाई १५ लाख रुपैयाँ पुरस्कार दिइनेछ । एनपीएलको सुरक्षका लागि प्रहरीले विशेष रणनीति बनाएको छ ।

जहाँ २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । मंसिर २८ गतेसम्म चल्ने एनपीएलको सुरक्षार्थ १९०० प्रहरी परिचालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

२२५ सशस्त्र प्रहरी र २ सय प्राइभेट गार्ड खटाइने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । यो सिजन नेपाली क्रिकेटका लागि ऐतिहासिक हुने अपेक्षा गरिएको छ, जहाँ दर्शकले उच्चस्तरको क्रिकेट र विश्वस्तरीय खेलाडीहरूको प्रदर्शन हेर्न पाउनेछन्। एनपीएलमा विश्वभरका क्रिकेटप्रेमीहरुको समेत चासो रहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top