×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एनसेलको छलाङ, एनटिसीलाई थला पार्याे, विश्वास गुमायो

१९ फाल्गुन २०८१

१९ फागुन , विराटनगर ।

पटक पटक विवादमा फस्दै आएको निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनीमा एनसेलले पछिल्लो समय आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । एनसेलले एक वर्षको अन्तरालमा सरकारी स्वामित्वको नेपाल टेलिकमलाई बजार विस्तारमा पछि पारेको छ।

नियामक निकाय दूरसञ्चार प्राधिकरणले उपलव्ध गराएको तथ्यांकअनुसार एनसेलले पछिल्लो समय प्रयोगकर्ताको संख्या बढाउँदै लैजाँदा सरकारी स्तरबाट संचालित नेपाल टेलिकम भने पछि पर्ने सम्भावना देखिएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको पुसको तुलनामा यसवर्षको पुससम्ममा प्रयोगकर्ता ठूलो मात्रमा नेपाल टेलिकमले गुमाएको छ भने एनसेलले ठूलो मात्रामा बढाएको छ । ग्राहक संख्या हेर्ने हो भने अघिल्लो वर्षको पुसमा एनसेलका १ करोड २९ लाख प्रयोगकर्ता रहेकोमा यो वर्षको पुससम्म १ करोड ४७ लाख पुगेका छन् ।

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का ग्राहक अघिल्लो वर्षको पुसमा एनसेलका २ करोड २० लाख प्रयोगकर्ता रहेकोमा यो वर्षको पुससम्म १ करोड ५२ लाख पुगेका छन् ।

तथ्यअनुसार नेपाल टेलिकमका प्रयोगकर्ता घट्दा एनसेलले बजार हिस्सा बढाउँदै लगेको हो । नेपाल टेलिकमजस्ता सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसाधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारले तयारी गर्दा पनि उल्लेख्य रुपमा प्रयोगकर्ता बढ्न सकिरहेका छैनन् ।

हाल टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधारणको छ । नेपाल टेलिकमको अघिल्लो महिना सम्पन्न वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अब कम्तीमा पनि २५ प्रतिशत सर्वसाधारणको सेयर पु¥याउने घोषणा गरेका थिए ।

प्रयोगकर्ता घटिरहेकै बेला नेपाल टेलिकमले हालै टपअपसम्बन्धि लिएको निर्णय विवादित समेत बन्यो । साना तिना धेरै कारोबार देखिएको निस्कर्ष निकाल्दै रिचार्ज टपअपमा ५० भन्दा कम रोक्न खोजेको टेलिकमको निर्णय विरोधपछि धेरै समय टिक्न सकेन ।

टेलिकमका प्रवक्ता हरि ढकालले समायानुसार परिस्कृत हुँदै टेलिकम अघि बढिरहेको बताएका छन् । उनकाअनुसार टेलिकमले प्रयोगकर्ता बढाउन भन्दा पनि गुणस्तरीयतामा ध्यान दिइरहेको छ ।

समयानुसार टेलिकम परिस्कृत हुँदै टेलिकम अघि बढिरहेको उनले बताएका छन् । निजी क्षेत्रको एनसेल भने विवाद र सर्वसाधारणबाट आलोचनाले घेरिदै आएपनि ग्राहक संख्या भने उल्लेखीय रुपमा बढाउन सफल भएको छ ।

गुणस्तरीय सेवा र सर्वसुलभ प्याकेजसहित सिमको सहज उपलब्धताले पनि एनसेलको ग्राहक बजार बलियो बनेको सरोकारवालाहरु बताउँछन् । ग्राहकहरुको रोजाइमा पर्दै आएको एनसेलको विवादको श्रृंखला भने लामो समयदेखि निरन्तर जारी छ।

सन् २००४मा माल्दिभ्सको टेलिकम कम्पनी “टेलियासोनेरा“ ले नेपालमा मेरो मोबाइल ब्रान्ड अन्तर्गत मोबाइल सेवा सञ्चालन ग¥यो। सन् २००८मा मेरो मोबाइलले आफ्नो नाम परिवर्तन गरी “एनसेल“ राख्यो।

एनसेल नेपालमा पहिलो निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी बन्यो, जसले ल्त्ऋ (नेपाल टेलिकम) सँग प्रतिस्पर्धा ग¥यो। तर सन् २०१६मा स्विडेनी कम्पनी टेलियासोनेरा ले एनसेलको ८०% स्वामित्व मलेसियन कम्पनी “Axiata Group“ लाई १.३६ अर्ब डलरमा बिक्री ग¥यो।

यो बिक्रीबाट नेपाल सरकारले पाउने ३३ अर्ब रुपैयाँ पूँजीगत लाभकर ( एनसेलले नतिरेपछि विवाद सुरु भयो । यो विवाद सर्वोच्च अदालतसम्म पुग्यो । नेपाल सरकारमा पनि कर असुलीलाई लिएर लामो विवाद रह्यो ।

२०७५मा सर्वोच्च अदालतले एनसेललाई पूँजीगत लाभकर तिर्नुपर्ने ठहर ग¥यो। २०७६मा नेपाल सरकारले एनसेलबाट २१.५४ अर्ब रुपैयाँ कर असुली ग¥यो। २०७७मा एनसेलले सर्वोच्चमा फेरि पुनरावलोकन निवेदन दियो। तर एनसेललाई बिक्री गर्ने नयाँ प्रयासले कर विवादको निरन्तरता देखियो ।

२०२३मा मलेसियन कम्पनी Axiata Group ले आफ्नो स्वामित्व नवीनतम लगानीकर्तालाई बिक्री गर्ने प्रयास ग¥यो। यो पनि विवादमा फस्यो । नेपाल सरकारको कर असुली प्रक्रिया अझै जारी छ। एनसेलले कर छली गरेको भन्दै विभिन्न निकायबाट छानबिन भइरहेको छ।

पछिल्लो विवाद भनेको चाँही एनसेल कर छुट र कर फिर्ता सँग जोडिएको छ । नेपाल सरकारको केही निर्णयका कारण एनसेललाई कर छुट दिने प्रयास भएको आरोप लागिरहेको छ ।यसले राजनीतिक विवाद र सर्वसाधारणको आलोचना निम्त्याएको छ। यो विषयले पटक पटक संसद तातेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top