×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एनसेलबारे पहिलो पटक बोलेका ओलीले के भने ?

२४ मंसिर २०८०

२४ मंसिर, काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक दूरसञ्चार सेवा प्रदायक एनसेलको जारी शेयर खरिद विवाद बारेमा बोलेका छन् । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्गको यात्राको क्रममा नुवाकोटको बट्टारमा भएको कार्यक्रममा ओलीले नेपाल सरकारको स्वामित्वमा आउन नदिन एनसेलमा अपराधपूर्ण काम भएको बताए ।

उनले भने, ‘नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने एनसेल, त्यो छल्नका लागि अर्कोलाई बेचेको नाटक मञ्चन गरिएको छ । कत्रो अपराध! खरबौंको कारोबार अरबमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ।’ आफूले राम्रोसँग अध्ययन गर्न नपाएको भन्दै देशलाई कंगाल बनाएर केही मानिसहरूले आफ्नो ढुकुटी भर्ने काम गरेको आरोप लगाए ।

उनले थपे, ‘मैले यसको राम्ररी अध्ययन गर्न पाएको छैन। तर म के भन्न चाहन्छु भने, सरकारलाई खबरदारी गर्न चाहन्छु, देशलाई कंगाल बनाएर केही मानिसहरूले ढुकुटी भर्ने कमिसनतन्त्रको खेल बन्द गर। नेपाली जनता यो सुन्न र सहन तयार छैनन्।’

एनसेल सेयर प्रकरणको विषयमा केही सांसदहरू र सञ्चारमाध्यमले कुरा उठाइरहेको भन्दै उनले यसका बारेमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए । अध्यक्ष ओलीले सरकारी क्रियाकलापको अंग बनाइ विमानस्थलका कर्मचारीलाई संलग्न गराएर सुन छिराइएको आरोप समेत लगाए ।

‘सरकारको मिलेमतो मात्र होइन, सरकारी क्रियाकलापको अंग बनाएर विमानस्थलबाट किलोका किलो सुन छिराइएको छ,’ उनले थपे, ‘विमानस्थलका कर्मचारीलाई संलग्न गराएर यस्तो क्रियाकलाप गरिएको छ।’ सरकारले देशको हितको पक्षमा बोल्न नसकेको, आफ्नो स्वाधिनता र स्वाभिमानको रक्षा नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीले अहिलेको सरकारलाई शासन गर्ने कुनै अधिकार नभएको जिकिर गरे ।

अध्यक्ष ओलीले मध्यपहाडका जनताको आर्थिक जीवनको मेरुदण्डको रुपमा रहेको राजमार्गको अविलम्ब सुधार गर्नुपर्ने देखिएको र त्यो काम अब एमालेले गर्ने बताए । ‘दुनियाँमा कहिँ नभएको राजमार्ग रैछ यो। राजमार्ग अबिलम्ब स्तरोन्नति गर्नुपर्ने देखियो। राजमार्गको अवस्था दयनीय हुँदा स्थानीय जनताले कष्ट पाएका छन्।

मध्यपहाडका जनताको आर्थिक जीवनको मेरुदण्डको रुपमा रहेको राजमार्गको स्तरोन्नति अब एमालेले गर्ने उनले बताए।’ आफू सरकारबाट हटेपछि अर्थतन्त्र ध्वस्त भएको र दण्डहिनता बढेको उनको भनाइ थियो । ओली एघार दिन यता पदयात्रा हडिरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top