Nepal Times
Nepal Times
3
Shares

एन्टिजेनका भरमा दार्चुला

एन्टिजेनका भरमा दार्चुला

२३ बैशाख, दार्चुला । जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना जाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ ।

पिसिआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको जाँच गरिएको हो ।

कोभिड–१९ को दोस्रो चरण आउँदासम्म जिल्लामा एन्टिजेन परीक्षण पनि सबै ठाउँमा पर्याप्त हुनसकेको छैन । स्वास्थ्य कार्यालय दार्चुलाबाट निश्चित मात्रामा पठाइएको एन्टिजेन किट्सका माध्यमबाट परीक्षण गरिएको छ ।

अहिले जिल्लाभरि कोरोनासँग मिल्दो लक्षण भएका बिरामी जताततै बढेका छन्। रूघाखोकी, ज्वरो र शरीर दुख्ने समस्याका बिरामी अधिकांश गाउँमा रहे पनि उनीहरूको जाँच हुनसकेको छैन ।

मार्मा गाउँपालिका–३ मा एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ। स्वास्थ्यकर्मीमै सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ ।

ज्वरो तथा रूघाखोकीका बिरामीहरू उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेका छन् । उपकरण, जनशक्ति र औषधि अभावमा सबै बिरामीको घरमा पुगेर उपचार गर्न सकिने अवस्था नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन ।

कोरोना महामारीको दोस्रो लहर डरलाग्दो रूपमा फैलिएका बेला भारतबाट यहाँका सयौं स्थानीय रोजगारी छोडेर गाउँ फर्किएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.