Nepal Times
Nepal Times
3
Shares

एन्फाद्वारा जेठ १९ गते कार्यसमितिको बैठक आह्वान

एन्फाद्वारा जेठ १९ गते कार्यसमितिको बैठक आह्वान

१४ जेष्ठ, एजेन्सी । अखिल नेपाल फुटबल संघ (एन्फा)ले समसामहिक बिषयमा छलफल गर्न जेठ १९ गते कार्यसमिति बैठक बोलाएको छ ।

एन्फाको संशोधित विधान अनुसार बैठक बस्नु ७ दिन अघि कार्य समिति सदस्यलाई जानकारी गराउनुपर्ने ब्यवस्था अनुसार एन्फाले आगामी सोमबारका लागि बैठक आह्वान गरेको हो ।

एन्फा प्रवक्ता किरण राईले महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण भिडियो कन्फरेन्समार्फत बैठक बस्न लागेको जानकारी दिए ।

बैठकमा एन्फाको बार्षिक बजेट लगायतका ५ वटा एजेण्डा तय भएको छ ।

बैठकमा कोरोना प्रभावित जिल्ला, क्लब र व्यक्तिलाई प्रदान गरिने कोरोना राहतको बिषयमा छलफल हुने बताईएको छ ।

एन्फाले यसअघिनै कोरोनाका कारण आर्थिक क्षति ब्यहोरेका सबै जिल्ला र क्लबलाई आवेदन दिन आह्वान गरे अनुसार जिल्ला र क्लबबाट आएको निवेदनका आधारमा एन्फाले फिफामा राहत रकम माग गरेको छ ।

फिफाले कोरोनाबाट प्रभावित विश्वभरका फुटबल समुदायलाई यसअघिनै सहयोग गर्ने बताईसकेको छ ।

यस्तै, बैठकका लागि एन्फाको साधारण सभा, अनुशासन र विविध एजेण्डा तय गरिएको छ ।

बैठकले एन्फाको बार्षिक साधारण सभाको सम्बन्धमा निर्णय गर्ने बताईएको छ । यस्तै, अनुशासनको एजेण्डा समेत समावेश गरिएको छ ।

संस्था विरोधी गतिविधि गरेको आरोपमा एन्फाले अघिल्लो सातामात्र ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापालाई साधारण सभा सम्मका लागि निलम्बन गरेको थियो ।

एन्फाको सचिवालय बैठकले ललितपुर जिल्ला अध्यक्षलाई स्पष्टिकरण सोध्दै निलम्बनको निर्णय गरेको थियो ।

अनौपचारिक रुपमा कार्यसमित सदस्यसंग छलफल गरेर निर्णय गरेपनि बैठकमा एजेण्डाको रुपमा बिषयले प्रवेश पाउने देखिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.