१२ भदौ, विराटनगर ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।

अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब दुई हजार अमेरिकी डलर अर्थात् करिब दुई लाख ७० हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव राखेका हुन् ।

केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ । हाल महासचिव किरण राईले एक लाख २० हजार मासिक थियो ।

बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपियाँबाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । महासचिव किरण राईले तलब वृद्धिको विषयमा बोल्न चाहेनन् ।

बैठक सकिएको छैन । बैठकबीच प्रवक्ता सुरेश शाहले तलब वृद्धिको निर्णय भएको स्वीकार गरे ।

Scroll to Top