Nepal Times
Nepal Times
3
Shares

एमबाप्पे पीएसजीमै रहने

एमबाप्पे पीएसजीमै रहने

८ साउन, एजेन्सी ।
अनेकौ अड्कल बाजीका बीच फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी)को प्रशिक्षण क्याम्पमा पुगेका छन् । यो समरमै पीएसजी छाड्ने चर्चा चलिरहेको बेला युरो २०२० को छुट्टी सकाएर उनी प्रि–सिजनमै पीएसजीको प्रशिक्षण क्याम्पमा जोडिएका हुन् ।

एमबाप्पेले पीएसजी छाड्ने चर्चा अझै सेलाएको छैन । किनभने पीएसजी र एमबाप्पेबीच अझैपनि सम्झौता नविकरण हुन सकेको छैन । २२ वर्षीय एमबाप्पेले पीएसजीको प्रशिक्षण स्थल क्याम्प डि लोगेु ट्रेनिङ सेन्टरमा जाँदै गरेको तस्विर सार्वजनिक गरेका छन् । तस्विरमा उनी केही मुस्कुराएको देखिएको छ । यस अनुसार अब यनी यो सिजन पीएसजीमै रहने बुझिएको छ ।

एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध नजिक जोडिएका छन् । पछिल्लो समय युरोकपमा रियलका स्टार फरवार्ड करिम बेन्जेमासँगको राम्रो सम्वन्धका कारण पनि उनी यो समरमा नै रियल आउने चर्चा चलेको थियो ।

सन् २०१७ मा मोनाकोबाट पीएसजी आएयता नै एमबाप्पेले क्लबमा उत्कृष्ट समय व्यतित गरेका छन् । तर, च्याम्पियन्स लिग जित्न सकेका छैनन् । अब उनले क्लबमा सम्झौता नविकरण गर्ने कि क्लब छाड्ने उनमै निर्भर रहेको छ । पीएसजीमा उनको सम्झौता यो वर्षको अन्त्यसम्म रहेको छ । त्यसपछि उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्नेछन् ।

क्लबका अध्यक्ष नासिर अल खेलाफीले एमबाप्पे क्लबमा रहने मात्रै नभई सम्झौता नविकरण गर्नेमा पनि विश्वस्त छन् । यो सिजन सरुवा बजारमा आक्रमक देखिएको पीएजसीले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पल पोग्वालाई पनि अनुबन्धको प्रयास जारी राखेको छ ।

पीएसजीले यो सिजन अचरफ हाकिमीलाई ६० मिलियन पाउन्डमा अनुबन्ध गर्दा सर्जियो रामोस, जर्जिन्हो वाइनाल्डम र जियानलुइजी डोन्नररुम्मालाई फ्रि ट्रान्सफरमा अुनबन्ध गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.