Nepal Times
Nepal Times
3
Shares

एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न कांग्रेसकाे माग

एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न कांग्रेसकाे माग

१३ माघ, काठमाडाैं ।

नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ ।

कांग्रेसको शिक्षा केन्द्रीय विभागको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ ।

बैठकले आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरी पुरानै शुल्क कायम गर्न सरकारसँग माग गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विभागले गत वर्षसम्म एमबिबिएसको शुल्क रु ४० लाख २३ हजार २५० रहेकामा आव २०७७÷७८ मा आयोगले रु आठ लाख वृद्धि गरेर रु ४८ लाख शुल्क पु¥याएको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.