×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

३० मंसिर २०८२

२९ मंसिर , काठमाण्डौ ।

नेकपा एमालेको नयाँ नेतृत्वको लागि आफैले संशोधन गरेको दुई कार्यकाल र ७० वर्षको उमेर हदको व्यवस्था अध्यक्ष केपी शर्मा ओलीले उल्टाएपछि पदका लागि मरिहत्ते गर्ने भन्दै ईश्वर पोखरेलले अध्यक्षका लागि चुनौती दिइरहेको अवस्थामा एमालेका चर्चित ९ नेताहरुले भने एमालेको सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन् ।

उनीहरले राजनीतिमा सधँ पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय रहिरहनुपर्छ भन्ने मान्यता रहेका नेताहरुलाई नैतिक दबाब दिँदै एमालेमा पदका लागि मरिहत्ते गर्ने नेताहरु मात्रै नरहेको सन्देश दिएका छन् ।

पदकै लागि अधिकांश नेताहरुले लडाइँ चलिरहेका बेला एमाले को ११औँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललगायत ९ नेताहरुले अब आफूहरु पार्टीको नेतृत्वदायी वा कार्यकारी पदमा नरहने घोषणा गरेका छन्।

एमालेकै अधिकांश नेताहरु आफू पुनः पदमा आउन अध्यक्ष केपी शर्मा ओली वा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट वा स्वतन्त्ररुपमा उम्मेदवारी हुन अकांक्षा गरिरहेका बेला एमालेको महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको अन्तिम बैठकमा उपाध्यक्षहरु ज्ञवाली र शाक्यले लगातार एकै व्यक्ति पदमा रहिरहन नहुने र अब आफूहरुको पालो पुगेकाले अब कुनै पदमा उम्मेदवार नबन्ने जानकारी गराए।

यस्तै बन्दसत्रमा समय लिएर आयोगका अध्यक्ष बडालले आफू अब जिम्मेवारीमा नहरने उद्घोष गरेका हुन्। उनीहरूले पदमा नहरने भए पनि पार्टीको नीति र विचारका पक्षमा जहाँ रहेर पनि दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे।

पार्टीका दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद आवश्यक छ भन्ने पक्षमा रहेका उनीहरूले पार्टीले विधानमा ती व्यवस्थाहरु कायम नराखेको अवस्थामा आफूहरु पदबाट अलग हुने स्पष्ट गरेका हुन्।

स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र पोलिटब्युरो सदस्य भूपेन्द्र थापा मगर र चुडामणि जंगलीले पनि अब सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । यस्तै एमालेका केन्द्रीय सदस्यहरु दलबहादुर राना, भीम केसी र ईश्वरी जिएमले अबको नेतृत्वमा नआउने जनाउँदै स्वइच्छिक अवकाशको सार्वजनिक घोषणा गरेका छन्।

तत्कालीन पञ्चायती व्यवस्था विरुद्धको सङ्घर्षदेखि बहुदलीय लोकतन्त्र, संविधान निर्माण र सङ्घीय व्यवस्थासम्मको लामो राजनीतिक यात्रा पार गरेर पार्टीको माथिल्लो तहमा पुगेका उनीहरू वैचारिक र सादगी नेताहरुमध्येमा पर्छन्।

लामो सय पार्टीको सङ्गठन, सरकार सञ्चालन र वैचारिक बहसमा संलग्न रहँदै आएका नेताहरूको सक्रिय राजनीतिबाट बिदाइले नयाँ पुस्तालाई बाटो खोलेको अवसरका रुपमा लिइएको छ।

विसं २०२६ देखि कम्युनिष्ट पार्टीमा लागेएका पूर्वसंविधानसभा सदस्य उपाध्यक्ष ज्ञवाली विसं २०६० मा स्थानीय विकासमन्त्री बनेका थिए। उनले पार्टीको केन्द्रीय कमिटीका लामो समय रहेर सङ्गठन विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए।

पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहेका नेत्री शाक्य एमालेको सङ्गठन निर्माण र महिला नेतृत्व सुदृढीकरणमा अग्रणी नेतृ मानिन्छन्। बागमती प्रदेश सरकारको पूर्वमुख्यमन्त्री शाक्य राष्ट्रपति पदका उम्मेदवार बनेकी थिइन्।

बडाल पूर्वसांसद तथा सहकारी अभियानका अगुवा हुन्। नेपाली राजनीतिमा पुस्तान्तरण केवल उमेरको विषय नभई दृष्टिकोण, कार्यशैली र राजनीतिक संस्कारसँग जोडिएको विषयका रुपमा चर्चाको विषय हुँदै आएको छ।

एमालेको महाधिवेशनको बन्दसत्रअन्तर्गत सोमबार उम्मेदवारीको मनोनयन भएकाले थप कुन कुन नेताले पुनः केन्द्रीय कमिटीमा उम्मेदवारी दिँदैनन् भन्ने त्यसपछि थप स्पष्ट हुनेछ।

विसं २०७१ असारमा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने प्रबन्ध गरिलगत्तै तत्कालीन स्थायी कमिटी सदस्य एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पार्टीको केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष सिद्धिलाल सिंहले सक्रिय राजनीति परित्यागको घोषणा गरेका थिए।

एमालेको २०७८ मा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने व्यवस्था हटाइएको थियो । तर विधान महाधिवेशनबाट आफू नेतृत्वमा हटाइएको व्यवस्था नै अध्यक्ष केपी शर्मा ओलीले उल्टाएका थिए । उ

नी तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा छन् । उनी तेस्रो पटकपनि सर्वसम्मत अध्यक्ष बन्ने योजनामा रहेपनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई चुनौती दिँदैछन् । पोखरेललाई पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको समर्थन रहेको छ ।

नयाँ नेतृत्वका लागि भोलि मतदान हुँदैछ । केन्द्रीय कमिटीका पदाधिकारीका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको खुलातर्फको उम्मेदवार हुन्छ । त्यस्ता उम्मेदवारको हकमा मतदाताले पदाधिकारी र सदस्य दुवैतर्फ मतदान गर्न पाउँछन् ।

मतदानका लागि एक जनालाई २० देखि २५ मिनेट लाग्ने आयोगका अधिकारीहरूको अनुमान छ । भोट गर्न लाग्ने समय कुन क्लस्टरमा कति उम्मेदवार हुन्छ त्यसले पनि फरक पार्दछ । विद्युतीय भोटिङ मेशिन १०० वटा भए पनि निर्वाचन आयोगले एक पटक ८० वटा मात्र चलाउने तयारी गरेको छ ।

महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि छन् । मत गणनामा भने धेरै समय लाग्दैन । गणना गर्न दुईदेखि तीन घण्टा लाग्ने अनुमान गरिएको छ । पुस १ ते राती वा दुई गतेसम्म नतिजा आईसक्नेछ । महाविधेशनबाट निर्वाचित केन्द्रीय कमिटीले शपथग्रहण गरेपछि पुरानो केन्द्रीय कमिटी स्वतः विघटन हुन्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top