×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

३० मंसिर २०८२

२९ मंसिर , काठमाण्डौ ।

नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने केन्द्रीय नेतृत्व चयनसम्बन्धी निर्वाचन कार्यक्रम संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्णय अनुसार यसअघि प्रकाशित निर्वाचन तालिकामा केही संशोधन गरिएको आयोगले जनाएको छ ।

संशोधित कार्यक्रमअनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रक्रिया महाधिवेशनस्थलमै सञ्चालन हुनेछ ।

संशोधित तालिकाअनुसार २९ मंसिरको बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारका लागि दरखास्त फाराम वितरण गरिनेछ भने सोही दिन बिहान १ बजेदेखि दिउँसो ३ः३० बजेसम्म दरखास्त दर्ता हुनेछ ।

दिउँसो ४ बजे प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन गरिनेछ भने त्यसविरुद्ध उजुरी दिने समय ४ बजेदेखि ४ः३० बजेसम्म तोकिएको छ । उजुरीमाथि छानबिन तथा निर्णय २९ मंसिरकै दिउँसो ५ बजेसम्म हुनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहेको खण्डमा ५ बजेदेखि ६ बजेसम्म समय दिइएको छ । अन्तिम उम्मेदवार नामावली सोही दिन बेलुका ६ः३० बजेसम्म प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान १ पुस २०८२ मा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ र मतगणनापश्चात् निर्वाचन परिणाम घोषणा गरिनेछ । नतिजा प्रकाशनपछि निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरी शपथ ग्रहण गराइने कार्यक्रम रहेको छ ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाद्वारा जारी सूचनामा आवश्यक परेमा निर्वाचन कार्यक्रम फेरबदल गर्न सकिने उल्लेख गरिएको छ । आयोगको निर्णयअनुसार सूचना प्रकाशित गरी समय तालिकामा हेरफेर हुन सक्ने बताइएको छ ।

यसैबीच नेकपा एमालेको उपाध्यक्षको उम्मेदवार रहेका पृथ्वीसुब्बा गुरुङले आगामी नेतृत्व चयनमा सहमतिको ढोका बन्द भइसकेको बताएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगामी नेतृत्वमा ओली नै दोहोरिने दाबी गरे ।

गुरुङले भने, ‘अब सहमतिको ढोका बन्द भइसक्यो । हामीले केपी ओलीकै नेतृत्व चाहेका छौँ । एमालेलाई अझै शक्तिशाली बनाउन पनि उहाँको नेतृत्व आवश्यक छ ।’ यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अन्तिमसम्म सर्वसम्मतको प्रयास गर्दा नभएपछि एमाले महाधिवेशन निर्वाचनउन्मुख भएको बताएका छन्।

मिलेर जानुपर्ने आजको आवश्यकता रहे पनि अध्यक्षलाई हटाएर सर्वसम्मत हुन नसक्ने भएपछि चुनावमा जानुपर्ने अवस्था आएको बस्नेतले बताए । ‘ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष रिपिट भएको भए बेस हुन्थ्यो, यसले पार्टीमा आन्तरिक संघर्ष उत्पन्न हुने देखिन्छ’ बस्नेतले भने ।

उनले विदेशी शक्ति हाबी भएको अवस्थामा देशलाई विकास समृद्धि दिन सक्ने टिम घोषणा भइसकेको बताए । उनले आफ्नो उम्मेदवारी सचिव पदमा रहेको बताए ।
यसैबीच नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ ।

निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकिएको हो । पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ । केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन् । दुवैले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवार टुंगो लगाएका छन् । एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ ।

पदाधिकारी सबै पदमा निर्वाचन हुने पक्का भएको छ । मतदान पुस १ गते मंगलबार बिहान ११ देखि साँझ ६ बजेसम्म गर्ने कार्यतालिका छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन् ।

ओलीको प्यानलमा शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ । उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ ।

ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखेकोछ । यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, लेखराज भट्ट र रघुबिर महासेठको नाम फाइनल भएको छ ।

९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र भानुभक्त ढकालको नाम टुंगो लागेको छ । ईश्वर पोखरेलले पनि प्यानल बनाइसकेका छन् ।

महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । तर उनीहरुले प्यानलनै उम्मेदवारी नदिने बताएका छन् । उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रुपमा उम्मेदवारी दिएको बताएका छन् ।

उनले आफ्नो समूहबाट प्यानल नबन्ने र अरुले पनि व्यक्तिगत रुपमा उम्मेदवारी दिने बताए ।उनले केन्द्रीय समिति बैठकमा एक्कासी विधान संशोधनको प्रस्ताव आएको र त्यसलाई पास गरिएको भन्दै असहमति प्रकट गरे ।

त्यसको समीक्षा आगामी दिनमा हुने उनले बताए । यसैगरी पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ ।

सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम टुंगो लागेको छ। ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top