Nepal Times
Nepal Times
3
Shares

एमालेको समानान्तर कमिटीमा बस्नेहरु पार्टीको कारबाहीमा पर्न सक्ने

एमालेको समानान्तर कमिटीमा बस्नेहरु पार्टीको कारबाहीमा पर्न सक्ने

२३ चैत, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताएका छन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताएका हुन् । उनले भने ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ अब यहि तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडी बढ्छ ।’

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैह्रकानूनी र गैह्रसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि बताए । समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने पनि बताए । उनले भने ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट विधानबाट चल्नुपर्ने पार्टी यदी गैह्रकानूनी तरिकाले, गैह्रसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ । त्यसकारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनैपनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.