×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

३० मंसिर २०८२

२९ मंसिर , काठमाण्डौ ।

नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनका लागि आज उमेदवारी दर्ता हुने भएको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको छ। आइतबार साँझ जारी कार्यतालिकाअनुसार आज बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन, १० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने कार्यतालिका छ ।

१०ः१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ बजेदेखि १२ बजेसम्म उमेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ । बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उमेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २ः३० बजे उमेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।

दउँसो ३ः१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० बजेदेखि ५ बजेसम्म उमेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । निर्वाचन कार्यतालिकाअनुसार, पुस १ गते ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

मतदानपछि मतगणना हुनेछ । निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ । यसपछि प्रमाणपत्र वितरण र शपथग्रहण हुने निर्वाचन कार्यतालिका छ।
महाधिवेशनका निम्ति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष प्रतिस्पर्धाका लागि प्यानल निर्माणमा लागेका छन् ।

उमेदवारी छनोटका लागि दुवै पक्ष तयारीमा जुटेका हुन् । अध्यक्ष ओली टिममा हालका उपाध्यक्षत्रय समेटिनेछन् । जसमा उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा बादल र गुरु बरालले ठाउँ पाउनेछन् ।

उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई ओलीले उपाध्यक्षको उमेदवार बनाउने गरी तयारी गरेका छन् । महासचिवमा शंकर पोखरेलकै निरन्तरता हुने लगभग पक्का भएको छ ।

नेताहरू बिष्णु रिमाल, पद्मा अर्याल र रघुवीर महासेठलाई उपमहासचिवको उमेदवार बनाउने गरी छलफलमा भएको ओलीनिकट नेताहरू बताउँछन् । हालका सचिवद्वय छविलाल विश्वकर्मा, लेखराज भट्टलाई निरन्तरता दिने तयारी ओलीको छ ।

बाँकी शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्की, ज्वालाकुमारी साह, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, यामलाल कँडेल लगायतको नाम सचिव पदका लागि छलफलमा छ ।

उता, वरिष्ठ उपाध्यक्ष पोखरेल समूह पनि उमेदवार छनोटको छलफलमा छ । उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उमेदवारी नदिने घोषणा गरेका छन् । हालका पदाधिकारीमध्ये महासचिवमा सुरेन्द्र पाण्डेको चर्चा छ ।

हालका सचिव गोकर्ण विष्ट उपाध्यक्ष, सचिव योगेश भट्टराई उपमहासचिव बन्ने गरी छलफल भएको नेताहरू बताउँछन् । उपाध्यक्षमा कृष्णगोपाल श्रेष्ठ, विन्दा पाण्डे, परशुमेघी गुरुङ लगायतका नेताहरूको नाम चर्चामा छ ।

सचिवमा ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल, अरुण नेपाल, पुरुषोत्तम पौडेल लगायतका नाममा छलफल भइरहेको छ । पोखरेल पक्षमा अधिकांश नयाँ नेताहरूले पदाधिकारीमा उमेदवार बन्ने देखिन्छ ।

आइतबार संशोधित विधानअनुसार एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव गरी १९ पदाधिकारी छानिनेछन् । भदौ २०–२२ मा भएको विधान महाधिवेशनमा जसले पदाधिकारीको संख्या घटाउनुपर्ने, कमिटीको आकार छरितो बनाउनुपर्छ भन्ने माग गरेका थिए ।

उनैले घटाउन दबाब दिएका छन् । शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले विधान संशोधनको प्रस्ताव राखे । उनले पदाधिकारीको संख्या १९ बनाउने प्रस्ताव गरेका थिए ।

अध्यक्षमा उमेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षले दबाब दिएपछि ओली प्रस्तावबाट ‘ब्याक’ भएका थिए । विधान महाधिवेशनबाट पारित प्रस्ताव संशोधन नगर्ने निर्णय सचिवालय बैठकले गरेको थियो ।

तर, आफ्नै पक्षका नेताहरूको भागबण्डा मिलाउन सकस भएपछि ओलीले दुईदिनपछि नै विधान संशोधन गराएका हुन् । आइतबार बिहान ७ः३० बजेबाट सुरु हुने भनिएको बन्द सत्रको समय सारेर केन्द्र्रीय कमिटी बैठकको अन्तिम बैठक आकस्मिक रूपमा राखियो ।

बैठकमा ओली आफैँले विधान संशोधनको प्रस्ताव राखेका राखेनन् । पोलिट्ब्युरो सदस्य खिमलाल भट्टराई, विशाल भट्टराई लगायतले पार्टीमा युवाहरूको सहभागिता, सहमतिका लागि भन्दै विधान गर्नुपर्ने माग रोखका थिए ।

ओली पक्षका नेताले माग राखेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले विधान संशोधनको प्रस्तावमा आपत्ति जनाएका थिए । उपाध्यक्षहरू ज्ञवाली, शाक्य, सचिवहरू भट्टराई, विष्ट, नेताहरू विन्दा पाण्डे, पुरुषोत्तम पौडेल लगायतले विधान संशोधन गर्न नहुने अडान लिए ।

सचिव विष्टले विधान चलाइरहने भए अध्यक्ष र महासचिव मात्रै राखौँ अरु सबै पद हटाऔँ भनेका थिए । तर, उपाध्यक्ष पाण्डे भने बोल्न पाएनन् । पाण्डेले बोल्नका लागि तीनपटक समय माग्दा पनि ओलीले बोल्ने समय दिएका थिएनन् ।

लगत्तै पाण्डेले आइतबार दिउँसो विधान संशोधनको विरोध गर्दै सामाजिक सञ्जालमा मनपरीतन्त्र भन्दै स्टाटस लेखेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top