×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

४ पुस , काठमाण्डौ ।

नेतृत्वमा ह्याट्रिक गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुलाई कडा निर्देशन दिएका छन् । महाधिवेशनपूर्व ईश्वर पोखरेलको इत्तर समूहका नेताहरुले आफ्ना विषयमा संचारमाध्यामहरुका दिएका अभिब्यक्तिहरुबाट आजित भएका ओलीले पहिलो बैठकमै पार्टीभित्रका असन्तुष्टिका कुरालाई सञ्चारमाध्यममा गएर नराख्न चेतावनी दिएका छन् ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । ‘कसैको केही असन्तुष्टि नेतृत्वसमक्ष भए लिखित, मौखिक रूपमा व्यक्त गरे हुन्छ । सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको प्रतिष्ठामा आँच आउने कुरा नहोउन् भन्न चाहन्छौँ,’ ओलीले भने, ‘किनकि हामी सुदृढ अनुशासनमा बस्छौँ ।’

सामूहिक निर्णय र बलबाट अघि बढ्ने भन्दै उनले निजी हित भनेर अनुशासन बाहिर नजान पनि चेतावनी दिए । ‘पार्टीका नीति, निर्णय सामूहिक बल र प्रयासबाट निकालिएका छन् । यस्तोमा निजी हित भनेर चल्न हुँदैन ।

यो अनुशासन र स्वतन्त्रता होइन,’ ओलीले चेतावनीको शैलीमा भने, ‘एमालेमा कोही बोल्न पाउँदैन, ओलीको तानाशाही चल्छ । आलोचनात्मक चेत हराएका झोले एमालेमा बस्छन् नत्र बोलिहाल्थे भन्छन् । तर केपी ओली बोल्नुपर्ने गरी गल्ती गर्दैन अनि किन बोल्नु त ?’

ओलीले ११ औँ महाधिवेशनबाट जित्ने सदस्यलाई पहिलो टास्कस्वरुप टोल सुरक्षा समिति बनाउन पनि निर्देशन दिएका छन् । बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । ‘तपाईंहरू निर्वाचित भएर आउनुभएको छ । तपाईंहरूले पहिलो कामस्वरुप टोलटोलमा अत्याधुनिक टोल सुरक्षा समिति बनाउनुस्,’ ओलीले भने, ‘अत्याधुनिक टोल सुरक्षा समिति बनाउनुस्, आफ्नो सुरक्षा आफैँ गुर्नस् । यस्तो समिति शहर र गाउँ दुवैतिर बनाउनुस् ।’

एमालेलाई जेनजीका नाममा सिरक ओढेर तर्साउने काम भएको भन्दै उनले यस्ता प्रयासलाई निस्तेज पार्न पनि निर्देशन दिए । ‘सिरक ओढेर म जेनजी बोलेको भन्दा हामी तर्सिने ? तर्सिने कुनै आवश्यकता छैन,’ ओलीले भने, ‘हामी खुला भएर लोकतन्त्रको पक्षमा लाग्छौँ त्यो काम हामीले गर्नुपर्नेछ ।’

ओलीले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको कुरा भए पनि आफूहरूले गरेर देखाएको उनको भनाइ छ । ‘अरु भन्छन् । हामी काम गरेर देखाउँछौँ,’ ओलीले भने, ‘हाम्रो केन्द्रीय कमिटीमा पुराना, अनुभवी, नयाँ र उत्साही सबै पुस्ता छ ।’

उनले एकस्वरले अगाडि बढ्न पनि अपिल गरे । ‘यो सिंगो पार्टीले निर्माण गरेको नतिजा हो । सिंगो पार्टीले स्वीकार गर्छ । नयाँ भावना र एकतासाथ अगाडि बढ्छौँ । केही समस्या पार्टीभित्र देखापर्ने गरेका छन् । आगामी दिनमा त्यस्ता कमीकमजोरी प्रकट नहुन् भन्ने कामना गर्छौं । हाम्रो आवाज एक हुनुपर्छ,’ ओलीले भने, ‘विधान महाधिवेशन, वैचारिक, संगठनात्मक कार्यक्रमिक नीतिअनुसार अगाडि बढ्नेछौँ । एकस्वरले आर्मीको मार्च जस्तो हात, खुट्टाको ताल र सुरमा अगाडि बढ्नेछौँ । हरेक क्षेत्रमा एकरूपता प्रकट होस् । त्यसरी मात्रै हामी सफलता प्राप्त गर्न सक्छौँ ।’

ओलीले प्यानलबाट महाधिवेशनमा प्रतिस्धर्पा भए पनि अब कुनै प्यानल नभएको बताए । ‘महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा पनि भयो । तर अब केन्द्रीय कमिटीमा प्यानल छैन । यो देश हाँक्ने केन्द्रीय कमिटी हो,’ ओलीले भने, ‘यसैले एमालेमा अब कुनै प्यानल छैन ।’

देश अप्ठ्यारोमा रहेको भन्दै उनले अप्ठ्यारोविरुद्ध एकजुट भएर काम गर्नुपर्ने उनले बताए । उनले भने,‘हामी एकताको भावनाका साथ नयाँ उचाईका साथ अगाडि बढ्नेछौँ । केही केही समस्याहरु समय समयमा पार्टीभित्र थोरै देखापर्ने पनि गरेका छन् । आगामी दिनमा हामी त्यस्ता खालका कमजोरीहरु कुनैपनि प्रकट नहुन भन्ने कामना गर्दछौँ । हाम्रो एक आवाज हुनुपर्दछ । दोस्रो विधान महाधिवेशनले पारित गरेका वैचारिक, सगठनात्मक, कार्यक्रमिक नीतिअनुसार हामी अगाडि बढ्नेछौँ । र ती नीतिहरुमा एक स्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हातहरु पनि बराबर हल्लिने, खुट्टाहरु पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौँ ।’

आजको बैठकमा पनि ओली जेनजी आन्दोलनमाथि आक्रोशित बने । ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताए । ओलीले एमाले लोकतान्त्रिक, साचो कम्युनिष्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यहरुले कडा अनुशासनमा रहेर काम गर्नुपर्ने बताए ।

ओलीले पार्टीको बैठकमा मोबाइल चलाउने काम नगर्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । उनी बोलिरहदा मोबाइल बजेपछि उनले पार्टीको बैठकमा मोबाइल नचलाउन निर्देशन दिएका हुन् । यस्तै ओलीले एमाले पुस्तान्तरणको बहसभन्दा काममा विश्वास गर्ने पार्टी भएको बताएका छन्। उ

नले एमालेको केन्द्रीय कमिटी सन्तुलित, समावेशी र पुस्तागत प्रतिनिधित्वयुक्त रहेको बताए। ‘अरूले हस्तान्तरण र पुस्तान्तरणका कुरा गर्छन्, हामी काम गर्छौं र कामबाटै देखाएका छौँ,’ ओलीले भने।

केन्द्रीय कमिटीमा नयाँ अनुहार समेटिएको उल्लेख गर्दै उनले भने, ‘महिलाको राम्रो सहभागिता छ, पुरानो अनुभवी पुस्ता पनि छ र नयाँ पुस्ता पनि यहाँ छ।’ ७७ वर्षको इतिहास बोकेको ठूलो पार्टीको केन्द्रीय कमिटीमा जेनजी पुस्ताको उपस्थिति महत्वपूर्ण भएको बताउँदै ओलीले भने, ‘यत्रो पार्टीको केन्द्रीय कमिटीमा जेनजी अटाउने कुरा सानोतिनो होइन, त्यो हामीसँग छ।’

ओलीले महिलाको राम्रो सहभागिता रहेको दाबी गरेपनि १९ सदस्यीय पदाधिकारीमा एकल रुपमा सचिवमा पद्यमाकुमारी अर्यालको मात्रै प्रतिनिधित्व रहेको छ । पदाधिकारीमा ४ महिलाको उम्मेदवारी रहेपनि ३ जना पराजित भएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top