Nepal Times
Nepal Times
3
Shares

एमाले जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान जारी

एमाले जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान जारी

२६ पौष, धनगढी । नेकपा (एमाले) जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान जारी छ ।

धनगढीस्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान जारी छ । दिउँसो १ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

जारी मतदानमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा छन् ।

यसअघि आइतबार बिहान ८ बजेका लागि तोकिएको मतदान निर्वाचन समितिले प्राविधिक कारणले भन्दै दिउँसोसम्म सारेको थियो । तर साँझसम्म मतदान प्रक्रिया शुुरु हुन सकेको थिएन ।

मतदानमा ढिलाइ भएको भन्दै प्रतिनिधिहरू आक्रोशित भएपछि महाधिवेशन स्थलमा तनाव सिर्जना भएको थियो ।

दुुई पक्षबीचको विवादका कारण निर्वाचन समितिले सोमबारसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.