Nepal Times
Nepal Times
3
Shares

एमाले पार्टी भवनको बल्खुमा शिलन्यास, थापाथलीमा कार्यालय

एमाले पार्टी भवनको बल्खुमा शिलन्यास, थापाथलीमा कार्यालय

९ वैशाख, काठमाडौँ । नेकपा एमालेको पार्टी सञ्चालन थापाथलीमा रहेको कार्यालयबाट सुरु भएको छ ।

बिहीबार लेलिन दिवसको अवसर पारेर थापाथलीमा रहेको भाडाको घरबाट कार्यालय सञ्चालन भएको हो ।

२०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय बस्न नमिल्ने गरि क्षति गरेपछि कार्यालय सञ्चालन पासाङ ल्यामु प्रतिष्ठान रहेको धुम्बाराहीको भवनबाट हुँदै आएको थियो ।

बिहीबार बिहान पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथली कार्यालय पुगि कार्यालयको उद्घाटन गरे ।

कार्यालयमा पार्टी पदाधिकारीहरुको छुट्टाछुट्टै बस्ने व्यवस्था, बैठक कक्ष, गाडीहरुको लागि प्रयाप्त पार्किङ्गको सुविधा रहेको छ ।

प्रधानमन्त्री ओलीले बल्खुमा पार्टी कार्यालयको भवन शिलान्यास पनि गरे । बल्खुको पार्टी कार्यालय नबनुन्जेल यसै कार्यालयबाट पार्टीको काम कारबाही हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.