×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

२७ मंसिर २०८२

२६ मंसिर , काठमाण्डौ ।

नेपालमा हुने स्थानीय तहदेखि संघीय संसदको निर्वाचनहरुमा परम्परागत रुपमा बाकसमा मतदान हुँदै आएको अवस्थामा नेकपा (एमाले) ले ११औँ महाधिवेशनको निर्वाचनमा भने विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने भएको छ ।

भोटिङ मेसिन नेपालकै राम, लक्ष्मण रिमाल दाजु भाइले निर्माण गरेका हुन् । ८० वटा मेसिन प्रयोग गर्ने र १० वटा मेसिन भने ब्याकपका लागि राखिने भएको छ । । यसका लागि एमालेले बिहीबार राम–लक्ष्मण इनोभेसनसँग सम्झौता गरेको छ ।

महाधिवेशनमा देशभरबाट आउने दुई हजारभन्दा बढी प्रतिनिधिहरूको सहजताका लागि ९० ओटा भोटिङ मसिन प्रयोग गर्न लागिएको हो । जसका लागि करिब ५० लाख रुपैयाँ खर्च गर्ने अनुमान छ ।

यो महाधिवेशनले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । विद्युतीय भोटिङ मसिनको प्रयोग गर्दा एक जना प्रतिनिधिलाई मतदान गर्न करिब २० मिनेट लाग्ने अनुमान गरिएको छ ।

यसअघि २०७८ मङ्सिरमा सम्पन्न एमालेको १०औँ महाधिवेशनमा पनि विद्युतीय भोटिङ मसिनको प्रयोग गरिएको थियो । त्यस समयमा पनि एमालेले ५० लाख रुपैयाँ भाडा तिरेर राम–लक्ष्मण इनोभेसनले उत्पादन गरेका मसिन नै प्रयोग गरेको थियो ।

यस्तै महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गरिने नेताहरूले जानकारी दिएका छन् । महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा पार्टीले गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ५ सय तालिमप्राप्त ड्रेस कोड सहितका स्वयंसेवक खटिने तयारी छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं स्वयंसेवक परिचालक समितिका प्रमुख भानुभक्त ढकालका अनुसार हरेक १० स्वयंसेवक अनुसार एउटा कमान्डर तोकिएको छ । जसले अतिथि, प्रतिनिधि र शुभेच्छुकको व्यवस्थापनमा सहजीकरण गर्नेछन् ।

स्वयंसेवकमा २३ जन वर्गीय सङ्गठनका पदाधिकारी र कार्यकर्तालाई आबद्ध गरिएको छ । जसमा अनेरास्ववियु, महिला सङ्घ, युवा सङ्घ, नेशनल युथ भोलेन्टियर लगायतका सहभागी छन् ।

यो सँगै राज्यका सुरक्षा निकायसँग पनि समन्वय गरिएको नेता ढकालले जानकारी दिए । उनका अनुसार शनिबार हुने सभालाई प्रभावकारी, भव्य र सुरक्षित बनाउन सरकारी निकायसँगको समन्वय चुस्त बनाइएको छ ।

नेता ढकालले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुदेखि सल्लाघारीसम्म आउजाउको सुरक्षा प्रबन्ध समेत मिलाइसकिएको जानकारी दिए । उनले नेशनल युथ भोलेन्टियर, युवा सङ्घ र भूतपूर्व सैनिक प्रहरी सङ्गठनले अध्यक्ष ओलीलाई महाधिवेशन स्थलमा आउँदा र जाँदा अगाडि–पछाडि सुरक्षा दिने बताए ।

पार्टीका शीर्ष नेता–कार्यकर्ता मात्रै नभई, महाधिवेशनको उद्घाटन सत्रमा आमन्त्रित विभिन्न दलका शीर्ष नेता, विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका आमन्त्रित व्यक्ति एवं अन्य आमन्त्रित सदस्यहरूको सुरक्षाको प्रबन्ध समेत गरिएको उनले बताए ।

‘कोही पनि निर्धक्कका साथ कार्यक्रममा सहभागी हुने वातावरण एमालेले बनाएको छ,’ ढकालले भने । महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन हुनेछ भने काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुनेछ ।

एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल उठ्ने निश्चित भइसकेको छ भने अन्य पदाधिकारीमा पनि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । सबैभन्दा बढी सचिवका आकांक्षीहरु देखिएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top