Nepal Times
Nepal Times
3
Shares

एसइई र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा

एसइई र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा

२६ वैशाख, विराटनगर ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

१३ जेठदेखि एसइई र २६ जेठदेखि कक्षा १२ को परीक्षा तय भएको छ । एसइईको प्रश्नपत्र छापिएर कतिपय प्रदेशको प्याकिङसमेत भइसकेको छ । एसइईका लागि सबै जिल्लाबाट दुई हजार १५ परीक्षा केन्द्र सिफारिस भएका छन् ।

तर, महामारीमा परीक्षामा के हुने भन्ने अझै अन्योल छ । महामारीका कारण अहिले शैक्षिक संस्था बन्द मात्र छैनन्, अधिकांश जिल्लामा निषेधाज्ञासमेत छ ।

महामारीका कारण परीक्षा के हुने हो भन्ने निर्णय नहुँदा विद्यार्थीदेखि अभिभावकसम्म अन्योलमा छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थी सरकारको निर्णयको पर्खाइमा छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.