×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसियन कप छनोटः नेपाललाई इतिहास रच्ने अवसर

११ चैत्र २०८१

१३ चैत , काठमाण्डौ।

एएफसी एसियन कप २०२७ को छनोटका लागि नेपाल र मलेसियाबीच आज खेल हुँदै छ । एसियन कप छनोटको अन्तिम तथा तेस्रो चरणको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो ।

नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी मानिएको मलेसियाको सामना गर्न लागेको हो । यद्यपि अघिल्लो साता मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पराजित गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

नेपालका नयाँ प्रशिक्षक म्याट रोशको यो नेपालको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगिता पनि हो । सिंगापुरलाई मैत्रीपूर्ण खेलमा पराजित गरेसँगै उनले यसमा पनि जित निकाल्दै नेपाली प्रशिक्षकको रूपमा विजयी यात्रा सुरु गर्न चाहन्छन् ।

तर, हेड टु हेडका आधारमा हेर्दा भने मलेसिया नेपालभन्दा निकै बलियो देखिएको छ । हालसम्म ७ पटक यी दुई टोली आमनेसामने हुँदा मलेसिया ६ पटक विजयी भएको छ । मलेसियासँग नेपालको उत्कृष्ट नतिजा भनेको ७ मध्ये १ खेलमा बराबरी हुनु हो ।

नेपालले फुटबलमा मलेसियालाई अहिले सम्म नत हराउन सकेको छ न त गोल गर्न नै । ६ वर्ष अघिको पछिल्लो भेटमा नेपाल २–० ले पराजित भएको छ । नेपालले ७ खेलमा २३ गोल खाएको छ ।

त्यसैले गोल गर्ने र पहिलो जित निकाल्ने र इतिहास बदल्ने अवसर नेपाली टोलीलाई रहेको छ । यो पटकको छनोटमा एसियाका २४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ । नेपाल रहेको समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ ।

होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । मलेसियासँगको यो खेल नेपालको होम म्याच हो । तर दशरथ रङ्गशालासँग अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो ।

नेपाली फुटबल टोलीमा किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ, अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ, रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान, जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा रहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top