×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

२३ असोज ,एजेन्सी ।

भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४–२ गोल अन्तरले पराजित भएपछि नेपाल जित विहीन बनेको हो । फु थोस्थित भियत त्रि स्टेडियममा ताइपेलाई जित दिलाउन लिन हाइ चेङले दुई गोल गरे ।

यस्तै ताई यान याओ र लु यी टिङले एक एक गोल गरे । नेपालका कप्तान प्रशान्त लक्सम र धनसिङ विकले एक एक गोल फर्काए । खेलमा नेपालका दीपक थापा मगरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राप्त गरे । यस जितसँगै ताइपेले छनोटमा सान्त्वना जित निकालेको छ ।

ताइपेको यो पहिलो जित हो । समूह ’एफ’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । युवा टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्धको पहिलो रोजाईमा दुई परिवर्तन गरेका थिए । डिफेन्डर आश्विन घोरासैनीको स्थानमा विक्रम तामांङ मैदानमा उत्रारेका थिए भने युनेश बुढाथोकीलाई बेन्चमा राख्दै सरोज दर्लामीलाई मौका दिएका थिए ।

जितपछि ताइपे ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोल अन्तरले पराजित भएको थियो । भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भियतनाम र थाइल्याण्डबीचको विजेताले एसियन कपमा स्थान बनाउनेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top