×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एसिया–इस्ट एसिया प्यासिफिक छनोट आजदेखि

२२ आश्विन २०८२

२२ असोज , काठमाण्डौ ।

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन् । पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

आज समूह बीमा रहेका दुबै टोली जितका साथ अघि बढ्न चाहन्छन् । सुपर सिक्सका दुबै प्रमुख टोलीलाई यस खेलको नतिजा निकै महत्वपूर्ण हुनेछ । यी दुबै टोली सुपर सिक्समा पुगेको खण्डमा आजको विजेताले सुपरसिक्समा पनि दुई अंक पाउनेछ ।

छनोटको नियम अनुसार समूहमा आफूले हराएको टोली सुपर सिक्समा पुग्दा सुपर सिक्समा दुई अंक मिल्नेछ । त्यसैले आजको खेल निकै महत्वपूर्ण हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र कुवेतको मोहम्मद अस्लामले गर्नेछन् ।

नेपालका ओपनर कुशल भुर्तेल, अलराउण्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेको प्रदर्शन आजको खेलमा महत्वपूर्ण हुनेछ । उता कुवेतमा मित भावसार, यासिन पटेल र रविजा सान्दारुवानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

गत अप्रिलमा चार देश सम्मिलित टि ट्वान्टी आई सिरिजको फाइनलमा कुवेतले नेपाललाई ३ रनले हराएको थियो । श्रीलंकाबाट घरेलु क्रिकेट खेलेका रविले ३६ बलमा ६३ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

कुवेतको टोलीमा ब्याटिङमा गहिराई हुँदा सुरुवातमा विकेट लिन आवश्यक देखिन्छ । उक्त खेल हार्दाका ९ खेलाडीले आजपनि नेपालबाट खेल्ने देखिन्छ । बसिर अहमद टोलीमा नहुँदा ललित नारायण राजवंशीको स्थानमा सन्दीप खेल्ने देखिन्छ ।

यता नेपालको पनि ब्याटिङ लाइनअप लामो छ । राम्रो सुरुवात पाएमा सजिलै बलियो योगफल बनाउन सक्छ । कुवेतका स्पिनर यासिन पटेल मुख्य हतियार हुन् । कुवेतलाई यस प्रतियोगिता अन्डरडग टोलीको रुपमा हेरिएको छ ।

कुवेतले नेपाल, युएई र ओमान मध्य एकलाई पछि पार्दै पहिलो पटक विश्वकप खेल्ने सपना देखेको छ । नेपाल र कुवेतबीच टि ट्वान्टी आईमा ३ खेल भएका छन् । नेपाल २ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ ।

गत अप्रिलमा सिरिजकै खेलमा १ सय ८६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै ६ बल अगाडि पूरा गरेको थियो । सन् २०१९ मा नेपालले कुवेतलाई ७ विकेटले हराएको थियो ।

आज कुवेतविरुद्ध नेपालको सम्भावित–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र सन्दीप लामिछाने रहेका छन् ।

आज हुने अन्य खेलहरुमा समूह सी अन्तर्गत ओमानविरुद्ध सामोआ अहिले ११ः४५ मा खेल्दैछन् । यस्तै समूह एमा दिउँसो ४ ः १५ मा कतारविरुद्ध युएई मैदानमा उत्रिदैछ ।

हालसम्म विश्वकपमा पुगेका देशहरुमा आयोजकका तर्फबाट भारत र श्रीलंका यस्तै अफगानिस्तान, पाकिस्तान, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेष्टइण्डिज,आयरल्यान्ड, जिम्बावे, नामिबिया, अमेरिका, क्यानडा, नेदरल्यान्ड्स, इटाली जुन पहिलो पटक विश्वकपमा पुगेको हो र न्युजिल्यान्ड रहेका छन् ।

आइसिसी टि ट्वान्टी वरीयताको १८ औं स्थानमा रहेको नेपाल सन २०१४ र २०२४ गरी दुई पटक विश्वकप सहभागी भइसकेको छ । आइसिसी टि–ट्वान्टी आई वरीयताको २३ औं स्थानमा रहेको कुवेत अहिलेसम्म विश्वकपमा सहभागी भएको छैन । खेलहरु आईसीसी टिभीमा लाईभ हेर्न सकिनेछ ।

यस पटकदेखि एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रलाई एउटै बनाइएको हो । जसले गर्दा जापान, सामोआ र पपुवा न्युगिनी एसिया क्षेत्रकै टोलीसँग खेल्न आइपुगेका हुन् । नेपाललाई प्रतियोगिताको दाबेदारमा हेरिएको छ ।

तर, कुवेत यही टोली हो, जोसँग नेपाल अप्रिलमा हङकङसँग चार राष्ट्र सहभागी प्रतियोगिताको फाइनलमा ३ रनले पराजित भएको थियो । हङकङको सानो मैदानमा कुवेतले पहिला ब्याटिङ गर्दै ४ विकेट गुमाई १ सय ७४ रन बनाएको थियो ।

बसिर अहमद र नन्दन यादवको साहसी इनिङ्सका बावजुद नेपाल १९.३ ओभरमा १ सय ७१ रनमै रोकिएको थियो । त्यसै प्रतियोगिताको राउन्ड रोबिनको खेलमा नेपालले कुवेतमाथि ६ विकेटको आरामदायी जित निकालेको थियो ।

त्यसयता नेपाली टोलीमा ठूलो परिवर्तन आइसकेको छ । टोलीको प्रशिक्षण जिम्मा अस्ट्रेलियाका स्टुवार्ट लको काँधमा छ । उनको प्रशिक्षणमा नेपालले उच्च प्रर्दशन गर्दै आएको छ । विश्वकप लिग २ मा नेपालको प्रदर्शन कमजोर बनिरहँदा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट संकटमा परेको थियो ।

तर, स्टुवार्टको प्रशिक्षणमा नेपालले स्कटल्यान्डको डन्डीमा नेदरल्यान्ड्ससम्मिलित लिग २ को चारमध्ये ३ खेल जितेको थियो । लगत्तै ग्लास्गोमा भएको त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा एसोसिएट क्षेत्रको बलियो टोली नेदरल्यान्ड्स र स्कटल्यान्डलाई पराजित गरेको थियो ।

नेपालले अझ यूएईको शारजहाँमा ४–५ प्रमुख खेलाडीबिनै आएको वेस्ट इन्डिजलाई तीन ट्वान्टी–२० खेलको शृंखलामा २–१ ले पराजित गरेको थियो । त्यसैले नेपाल मस्कटमा उच्च मनोबलसहित उत्रने निश्चित छ ।

नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेट र दोस्रो खेलमा कतारलाई १६ रनले हराएको स्थिति छ । कतारविरुद्ध ओपनर कुशल भुर्तेलले आफ्नै शैलीमा अर्धशतक बनाए, जुन नेपाली टोलीका लागि सकारात्मक पक्ष रह्यो ।

वेस्ट इन्डिजसँगको शृंखलामा आफ्नो लेग स्पिन बलिङ र फिल्डिङबाट प्लेयर अफ द सिरिजमा चुनिए पनि भुर्तेलको ब्याट राम्रोसँग चल्न सकिरहेको थिएन । आसिफले ओमानविरुद्धको अभ्यास खेलमा अर्धशतक बनाएका थिए ।

कुशल मल्लले पनि आफ्नो पुनरागमनमा राम्रो ब्याटिङ गरिरहेकाले नेपाली टोलीको ब्याटिङ थप बलियो बन्न पुगेको छ । कुवेतले पनि ओमानमा आफ्नो एकमात्र अभ्यास खेलमा कतारमाथि ३४ रनको विजय नतिजा निकालेको थियो ।

त्यसक्रममा टोलीले १ सय ८४ रन बनाएको थियो । क्लिन्टो एन्टोले २७ बलमै ६३ र मित भवसारले ४८ बलमा ६५ रन बनाएका थिए । यसले पनि कुवेतको ब्याटिङ ट्वान्टी–२० संरचनाका लागि सुहाउँदो देखाउँछ ।

एसिया क्षेत्रको क्षेत्रीय छनोट ‘ए’ बाट मलेसिया र कुवेतले छनोट चरण पार गरेका थिए । तर, हङकङ भ्रमणपछि कुवेतले खासै ट्वान्टी–२० क्रिकेट खेलेको छैन । ओमानमा गएर ओमानसँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेक्रममा कुवेत दुवै खेलमा समान ५ विकेटले पराजित भएको थियो ।

यो अवस्थामा नेपालका लागि अनुभव निकै महत्त्वपूर्ण हुनेछ । कुवेतपछि नेपालले शुक्रबार जापानसँग खेल्ने छ । कुवेत र जापानको खेल बिहीबार नै हुनेछ । नेपाललाई ओमानको पछिल्लो भ्रमण खासै सम्झनुपर्ने कारण छैन ।

सन् २०२२ मा ओमानमा भएको ग्लोबल छनोटमा समूह चरणका सबै तीन खेल जितेपछि सेमिफाइनलमा यूएईसँग पराजित भएर ट्वान्टी–२० विश्वकपमा पुग्न असफल रहेको थियो । अहिले भने नेपाली क्रिकेट टोली फेरि एक ऐतिहासिक मोडमा छ । नेपाल तेस्रो पटक टी–२० विश्वकप पुग्ने यात्रामा छ ।

सन् २०१४ को पहिलोपल्ट विश्वकप खेलेको नेपालले त्यसको ठ्याक्कै एक दशकपछि त्यही मञ्चमा पुनरागमन गरेको थियो। यसपल्ट नेपाल फेरि एकपटक विश्वमञ्चको ढोका ढकढक्याउँदैछ । यसपटक गन्तव्य भने श्रीलंका र भारत छ । बाटोचाहिँ ओमानको मस्कट हुँदै जानेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top