×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एसिया कपः नेपाललाई घातक हुनसक्ने पाकिस्तानी खेलाडी कस्ता छन् ?

२७ श्रावण २०८०

२७ साउन,एजेन्सी ।
एसिया कप क्रिकेट सुरु हुन अब १८ दिन बाँकी छ । प्रतियोगिताको पहिलो खेल नै नेपालले आयोजक राष्ट्र पाकिस्तानविरुद्ध खेल्दैछ । आयोजनास्थललाई लिएर लामो समय खिचातानीपछि एसिया कप पाकिस्तान र श्रीलंकामा हुने टुंगो लागेको छ । अगष्ट ३० मा पाकिस्तानमा हुने उद्घाटन खेलमा नेपालले घरेलु टोलीको सामना गर्नुपर्नेछ ।

पाकिस्तान क्रिकेटको पावर हाउस राष्ट्र हो । एक दिवसीय र टी–२० विश्वकपसमेत जितिसकेको पाकिस्तान एसिया कपका दुईवटा संस्करणमा च्याम्पियन भएको छ । सन् २००० र सन् २०१२ को एसिया कपमा पाकिस्तानले उपाधि जितेको थियो । अहिले पनि पाकिस्तान एसिया कपको एक दावेदार हो । यता, नेपाल भने पहिलोपटक यो प्रतियोगिता खेल्दैछ ।

यसअघि एकपटक नेपाल एसिया कपका लागि छनोट भएर पनि खेल्न पाएको थिएन । यसपालिको एसिया कपमा नेपालको समूहमा पाकिस्तानसँगै भारत पनि छ । पाकिस्तानसँग नेपालको खेल मुल्तानमा हुनेछ भने भारतसँगको खेल सेप्टेम्बर ४ मा श्रीलंकाको केन्डीमा हुनेछ । उद्घाटन खेल खेल्ने नेपालले त्यसको तयारीका लागि पाकिस्तानमा एक हप्ता अभ्यास गर्ने भएको छ ।

नेपालले तयारीका लागि पाकिस्तानी क्रिकेट बोर्डसम्म समय मागेको थियो । पाकिस्तानी क्रिकेट बोर्डले अभ्यासका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मागेको समय उपलब्ध गराएको छ । नेपाल अभ्यासका लागि २२ अगस्टमा कराँची पुग्ने छ । कराँचीमा अभ्यास गरेपछि नेपाली टिम २७ अगस्टमा कराँचीबाट मुल्तान जानेछ ।

नेपालले क्रिकेटको पावर हाउससंग भिड्दा पाकिस्तानका खेलाडि कस्ता छन् ?

बाबर आजम = पाकिस्तानी कप्तान बाबर पछिल्लो समय विश्व क्रिकेटकै प्रतिभाशाली खेलाडी हुन । विपक्षी टोलीका लागि उनी सधैँ घातक बन्छन । उनको कप्तानीमा पाकिस्तानले धेरै उपलब्धि हासिल गरेको छ । एकदिवसीयमा उनले फरक प्रभाव राखेका छन । २०१५ बाट एकदिवसीय क्रिकेट सुरु गरेका बाबरले सय खेल संख्या पार गरिसकेका छन । अहिले पाकिस्तानी खेलाडीमध्ये सर्वाधिक रन बनाउने उनी एक्ला खेलाडी हुन । ९८ इनिङ्स खेलेका २८ वर्षीय बाबरले पाँच हजार ८९ रन जोडेका छन । दायाँहाते अग्रपंक्तिका ब्याट्सम्यान बाबरको उच्च स्कोर १५८ रन हो ।

इमान उल हक = २७ वर्षीय अनुभवी ओपनर इमान उल हक पाकिस्तानका अर्का प्रतिभावान खेलाडी हुन । २०१७ डेब्यु गरेका उनले ५९ खेलमा दुई हजार सात सय १९ रन बनाएका छन । करिअरमै उनले सर्वाधिक १५१ रन प्रहार गरेका छन । उनको औसत रन ५१.३० छ । बायाँहाते ब्याट्सम्यानले श्रीलंकाविरुद्ध आबुधाबीमा डेब्यु गरेका हुन । इमाम उल हकसँग दबाबबीच पनि लामो इनिङ खेल्ने क्षमता छ । त्यसले पनि उनी सधैँ ओपनरकै रूपमा मैदानमा उत्रन्छन ।

मोहम्मद रिजवान= विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मदको आफ्नै विशेषता छ । ३१ वर्षीय टप अर्डरका ब्याट्सम्यान उनी पार्टटाइम स्पिनर पनि हुन । २०१५ यता एकदिवसीय क्रिकेट खेल्दै आएका रिजवानले ५७ खेलमा एक हजार चार सय आठ रन बनाएका छन । दायाँहाते ब्याट्सम्यानले सर्वाधिक ११५ रन बनाएका छन । ५० ओभरको खेलमा उनले दुई शतक र ९ अर्धशतक बनाएका छन् । पछिल्लो समय रिजवान विश्व क्रिकेटका उत्कृष्ट विकेटकिपर र ब्याट्सम्यान मानिन्छन ।

साहिन साह अफ्रिदी=
२०२१ को आइसिसी टी–२० विश्वकपपछि अफ्रिदीको चर्चा ह्वात्तै बढ्यो । भारतविरुद्धको खेलले उनलाई विश्वले चिन्ने अवसर पायो । भारतविरुद्ध १० विकेटको सानदार जितमा उनले तीन विकेट लिएका थिए । उनकै प्रदर्शनमा पाकिस्तानले पहिलोपटक टी–२० विश्वकपमा भारतलाई हरायो । २३ वर्षीय बायाँहाते तीव्रगतिका बलर अफ्रिदीले पाकिस्तानका लागि ३६ एकदिवसीय खेल खेलेका छन । उनले ७० विकेट लिएका छन । ६.६ फिट अग्ला फास्ट बलर अफ्रिदीको उत्कृष्ट प्रदर्शन ६÷३५ हो । पछिल्लो समय उनले पाकिस्तानी घरेलु प्रतियोगिता र सिनियर टोलीमा कीर्तिमान बनाएका छन ।

नसिम साह=अफ्रिदीपछि पाकिस्तानी टोली बलिङतर्फ नसिम साहमा निर्भर छ । २० वर्षीय दायाँहाते तीव्रगतिका बलर साहले आफूलाई अन्तर्राष्ट्रिय खेलमा प्रमाणित गरिसकेका छन् । लिस्ट ए क्रिकेटमा उनले १५ वर्षमै डेब्यु गरेका थिए । उनले सन् २०२२ मा नेदरल्यान्डस्विरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । टेस्ट क्रिकेटमा उनले बंगलादेशविरुद्ध ह्याट्रिक विकेटको प्रदर्शन राखेका छन । एकदिवसीय क्रिकेटमा आठ खेल खेल्दा उनले २३ विकेट लिएका छन । उनको उत्कृष्ट प्रदर्शन ५÷३३ हो ।

पकिस्तानी टोलीका अन्य खेलाडीहरुमा सदाब खान, अब्दुल्लाह सफिक, फहिम अस्राफ, फकार जमान, हरिस रार्फ, इफ्तिकार अहमद, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद वासिम (जुनियर), सलमान अली अगाह, साउद सकिल, तयाब ताहिर र उस्मा मिर रहेका छन् ।यसैबीच नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसिया कपमा नेपालले भारत र पाकिस्तानविरुद्ध एकदमै राम्रो गर्ने बताएका छन् ।

ग्लोबल टि२० क्यानडामा सानदार प्रदर्शन गरेर स्वदेश फर्किएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । सन्दीपले भारत र पाकिस्तानसँग खेल्दा दबाब नभएर ठूलो अवसर भएको बताउँछन् । सन्दीपले इन्डियन प्रिमियर लिग देखी बिग ब्यास लिगसम्म खेलेका छन् । सन्दीपसँग बाबर आजम, विराट कोहली जस्ता विश्वस्तरिय ब्याटरविरुद्ध खेलेको अनुभव छ । तर अन्य नेपाली खेलाडीमा त्यो अनुभव छैन । सन्दीप अन्य खेलाडीहरुले आफूलाई विश्वास गर्नुपर्ने बताउँछन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top