×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एसिया कपमा भारत र श्रीलंकाले कति पैसा जिते ?

१ आश्विन २०८०

१ असोज, एजेन्सी ।
एसिया कप क्रिकेट प्रतियोगिताको १६ औं संस्करण भारतलाई आठौं पटक च्याम्पियन बनाउँदै सकिएको छ । भारतले फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । प्रतियोगिताको मुख्य आयोजक राष्ट्र पाकिस्तान भए पनि अधिकांश खेल भने सह—आयोजक राष्ट्र श्रीलंकामा खेलाइएको थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलाडीलाई पाकिस्तान नपठाउने अडान लिएपछि एसिया कपका अधिकांश खेल श्रीलंकामा सारिएको थियो । यो ऐतिहासिक जितपछि भारतीय टिममा पैसाको वर्षा भएको छ । श्रीलंकाको टोली पनि धनी बनेको छ ।

एसिया कप ट्रफी बाहेक एसिया कपमा च्याम्पियन बनेको टीम इन्डियालाई १ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब १ करोड ९८ लाख ९४ हजार भन्दा बढी रुपैयाँ दिइएको छ । उपविजेता बनेको श्रीलंकाली टोलीलाई ७५ हजार अमेरिकी डलर अर्थात् करिब ९९ लाख ४७ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

खेलको प्लेयर अफ दि म्याच मोहम्मद सिराजलाई ५ हजार डलर प्रदान गरिएको थियो । प्लेयर अफ द सिरिजका रुपमा कुलदीप यादवलाई १५ हजार डलरको चेक हस्तान्तरण गरिएको थियो । गत वर्ष श्रीलंकाले टी–२० ढाँचामा एसिया कप जितेको थियो । उसले ट्रफीसँगै २ करोड ५३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो । पाकिस्तानलाई उपविजेताको रुपमा १ करोड २५ लाख रुपैयाँ दिइएको थियो ।

उपाधि विजेता र उपविजेता टोलीका खेलाडीसँगै समापन समारोहमा आर प्रेमादासा रंगशालाका ‘ग्राउन्ड स्टाफ’ पनि पुरस्कृत भएका छन् । ‘ग्राउन्ड स्टाफहरु’ लाई ५० हजार अमेरिकी डलर (करिब ६६ लाख नेपाली रुपैयाँ) नगद पुरस्कार प्रदान गरियो । अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो जिम्मेबारीलाई सफलतापूर्वक निर्वाह गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको हो ।

भारतले आठौं पटक एसिया कप ट्रफी कब्जा गरेको हो । भारतले सन् १९८४, १९८८, १९९०–९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३ मा यो उपाधि जितेको थियो । जबकि श्रीलंकाले ६ पटक उपाधि जितेको छ । यसले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा एसिया कपको उपाधि जितेको थियो । पाकिस्तानले दुई पटक एसिया कपको उपाधि जितेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top