×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एसिया कप छिने पाकिस्तानलाई ३ मिलियन घाटा

२७ बैशाख २०८०

२७ वैशाख, काठमाडौं।
पाकिस्तानमा आयोजना हुने भनिएको एसिया कप सहभागि मध्येको एक राष्ट्र भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि यसको आयोजनाको विषयलाई लिएर सुरु भएको आशंकाका बीच पाकिस्तान आयोजनास्थल सार्न तयार भएको छ ।

एसिया कपको आयोजनाका लागि पाकिस्तानले एसियाली क्रिकेट काउन्सिल (एसीसी) लाई नयाँ प्रस्ताव पठाएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख नजम सेठीले एसीसीलाई युएईमा एसिया कप आयोजना गर्न प्रस्ताव पठाएका हुन् ।

पीएसीबी अध्यक्ष नजम सेठीले मे ८ मा दुबईमा एसीसी सदस्यहरूसँग भेटेका थिए । एसीसी पदाधिकारीहरुले हाइब्रिड मोडलमा एसिया कप आयोजना गर्ने पाकिस्तानको प्रस्ताव अस्विकार भएको जानकारी गराएका थिए ।

तर यो बीचमा श्रीलंकालाई प्रतियोगिताको आयोजकत्व हस्तान्तरण गर्न सकिने तर एसीसी प्रमुख जय शाहको आधिकारिक निर्णय आउन बाँकी रहेको समेत बताइएको छ ।

भारतका कारण एयिा कप नहुने जोखिम बढेपछि एसीसी पनि पाकिस्तानको सट्टा अन्त्य नै आयोजना गर्ने योजनामा रहँदा पाकिस्तानले पनि युएईमा प्रतियोगिता गर्ने गरी प्रस्ताव अघि सारेको हो ।

बोर्ड अध्यक्ष सेठीले आईपीएल गर्मिमा युएईमा गर्न सकिन्छ भने एसिया कप युएईमा सार्दा भारतलाई कुनै आपत्ति हुन नहुने समेत एसीसी पदाधिकारीहरुसँगको भेटमा जिकिर गरेका थिए ।

उनले एसिया कप पाकिस्तानमा आयोजना नगरे बोर्डलाई करिब ३ मिलियन अमेरिकी डलर नोक्सान हुने बताएका छन् । यसैले पनि नजमले भारतका लागि हाइब्रिड मोडलको सुझाव दिएको थियो । जुन भारतले अस्वीकार गरिसकेको छ ।

यसै वर्षको सेप्टेम्बर २ देखि १७ सम्म हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालले खेल्नेछन् । विश्वविजेता भारत र पाकिस्तानसँग पहिलोपटक खेल्ने स्वर्णिम मौका मिलेपछि अहिले नेपाली क्रिकेटको चर्चा शिखरमा छ ।

यद्यपि २१ वर्षअघिको नियति दोहोरिनेसक्ने भन्दै नेपाली समर्थक र खेलाडी चिन्तित भएका छन् । सन् २००२ मा पनि नेपालले एसिया कपको यात्रा गरेको थियो । तर, भारत–पाकिस्तानबीचको कार्गिल युद्धका कारण उक्त संस्करणको एसिया कप हुन सकेन ।

यसपटक पनि नेपालको सपनामाथि तुसारापात भइदिने हो कि भन्ने चिन्ता बढेको छ । अहिले पाकिस्तानमै प्रतियोगिता भएमा भारतले भाग नलिने पक्काजस्तै छ । भारत र पाकिस्तानबीच कुरा नमिल्दा एसिया कप नै रद्द हुने संघारमा पुगेको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यद्यपि एसियन क्रिकेट काउन्सिलले भने अहिलेसम्म यस विषयमा आधिकारिक निर्णय लिईसकेको छैन । एसीसी अहिले एसिया कप आयोजनाका लागि विभिन्न विकल्पमा छलफल गरिरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top