Nepal Times
Nepal Times
3
Shares

ए डिभिजन लिगः आठौँ चरणका खेलहरु आजबाट सुरु, प्रतिबन्धमा परेका मच्छिन्द्रका खेलाडी खेलमा फर्कँदै

ए डिभिजन लिगः आठौँ चरणका खेलहरु आजबाट सुरु, प्रतिबन्धमा परेका मच्छिन्द्रका खेलाडी खेलमा फर्कँदै

८ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधबार आठौँ चरणका खेलहरु सुरु हुँदैछन् ।

बुधबार दशरथ रङ्गशालामा मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगअन्तर्गत आठौँ चरणका सबै खेलहरु दशरथ रङ्गशालामा हुने तय भएको छ ।

सातौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र १३ अङ्कसहित दोस्रो स्थानमा छ भने पुलिस क्लब ११ अङ्कसहित छैटौं स्थानमा छ । यो खेलमा मच्छिन्द्र विजयी भए शीर्ष स्थानमा रहेको आर्मीसँग अङ्क बराबरी गर्ने छ भने पुुलिस विजयी भए मच्छिन्द्रलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ ।

सातौँ चरणमा मच्छिन्द्र हिमालयन शेर्पासँग पराजित भएको थियो भने पुलिसले जावलाखेललाई पराजित गरेको थियो । बुधबारको खेलमा मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल खेलमा फर्कने छन् ।

उनीहरु पाँचौँ चरणमा मनाङसँगको खेलपछि भएको झडपका कारण दुई–दुई खेलको प्रतिबन्धमा परेका थिए । जसका कारण उनीहरु छैटौँ चरणमा जावालाखेल र सातौँ चरणमा हिमालयन शेर्पासँगको खेल गुमाएका थिए । मछिन्द्रले जावलाखेललाई पराजित गरे पनि शेर्पासँग भने पराजित भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.