Nepal Times
Nepal Times
3
Shares

ए डिभिजन लिग : रुमेशको गोलमा च्यासलको पहिलो जित

ए डिभिजन लिग : रुमेशको गोलमा च्यासलको पहिलो जित

११ मंसिर, काठमाडौं ।

च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासलले विभागीय नेपाल एपीएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो ।

च्यासलको जितमा रुमेश बर्ताैलाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा गोल गरेका थिए । खेलको १७औं मिनेटमा अजित गुरुङको सशक्त प्रहार एपीएफका गोलकिपर राजु योगीले मुश्किलले बचाउँदा च्यासल अग्रता लिनबाट चुक्यो ।

३०औं मिनेटमा आशिष लामाको फ्रिकिक पोस्टमाथिबाट बाहिरिदा एपीएफले अग्रता लिन सकेन । ४०औं मिनेटमा कर्नरबाट आएको बलमा विकास मेराग्लियाको हेडर एपीएफका राजन गुरुङले गोललाईन नजिकैबाट बचाउँदा च्यासल अग्रता लिनबाट चुक्यो ।

लगत्तै च्यासलका सुशन लामाको प्रहार एपीएफका सनिश श्रेष्ठले क्लियर गरिदिएका थिए । ४९औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई अग्रता दिलाए । कमल श्रेष्ठको पासमा पेनाल्टी एरियाको एजबाट उनले टप कर्नरमा उनले सुन्दर गोल गरे ।

६६औं मिनेटमा यानिक केचाको प्रहार सदुपयोग हुन सकेन । कमलको कर्नरमा रुमेशको फ्लिक हेडर पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका उनको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो । खेलको अन्त्यतिर एपीएफले च्यासललाई दवावमा राखेपनि गोल गर्न नसक्दा एपीएफले हार बेहोर्न पुग्यो ।

एपीएफको यो लगातार दोस्रो हार हो । यसअघि एपीएफले पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३–२ को हार बेहोरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.