×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओभरस्टेबापतको १९ लाख मिनाहा भएपछि १५ नेपाली स्वदेश फर्किए

२६ आश्विन २०७७

२६ असोज, यूएई । दुबईमा ओभरस्टे अर्थात भिसाको अबधी सकिएका कारण लागेको जरिबाना तिर्न नसकेर अलपत्र १५ जना नेपाली स्वदेश फर्किएका छन् ।

ओभरस्टेका कारण तिर्नुपर्ने झन्डै ६० हजार दिर्हाम (१९ लाख नेपाली रुपैयाँ) नेपाली दूतावास यूएईको पहलमा मिनाहा भएपछि उनीहरु आइतबार नेपाल फर्किएका हुन् । यसरी नेपाल फर्किएका १५ जनामा नुवाकोटका अर्जुन माझी र अनिल कुमार तामाङ, खोटाङका भुपेन्द्र र बिनोद राई, बिष्णुकुमार बस्नेत र मकवानपुरका मानबहादुर मोक्तान रहेका छन् ।

त्यस्तै सर्लाहीका गुल मोहम्मद र सम्सुर मन्सुर, रुकुमका नवीन र भुपेश परियार , सिन्धुपाल्चोकका साजन श्रेष्ठ, ताप्लेजुङका कुर्वा शेर्पा, दोलखाका सुमन मगर, पाल्पाका खेमबहादुर बकावल र अर्घाखाँचीका कृष्णबहादुर गन्धर्व पनि सँगै फर्किएका हुन् ।

दुबईको डिआपीमा रहेको फेलेक्स म्यानेजमेण्ट कम्पनीमा काम गर्दै आएका उनीहरुको गएको मार्च १५ मा कम्पनीले भिसा रद्द गरिदिएको थियो । कोरोनाका कारण भएको लकडाउनका करण उडान नहुँदा उनीहरु समयमै नेपाल फर्कन पाएका थिएनन्। उडान नभएकाले समयमै नेपाल फर्किन नपाउँदा अवैधानिक (ओभर स्टे) भएर बस्न बाध्य भएका उनीहरुलाई गएको अगस्ट १० मा नेपाल फर्किन भन्दै कम्पनीले दुबई एयरपोर्ट पु¥याएको थियो ।

तर जरिबाना तिर्न नसक्दा उनीहरु विमानस्थलमै अलपत्र परेका थिए । कम्पनीले विमानस्थल पु¥याएर छाडिदिएपछि अलपत्र परेका उनीहरुलाई नेपाली समाज र एनआरएनए यूएईले खाने बस्ने व्यवस्था गर्दै आएका थिए ।

लामो समयसम्म पनि उद्धार हुन नसक्दा पीडित झन समस्यामा पर्दै गएपछि नेपाली दूतावासले श्रम काउन्सिलर निर्मला थापाको नेतृत्वमा स्थानीय जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमले यूएईका विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरेर जरिवाना मिनाह गराउन सम्भव भएको दूतावासले जनाएको छ ।

ओभरस्टे बापतको शुल्क हेर्ने दुबईको अलवार्सनमा रहेको अध्यागमन शाखामा पुगेर दूतावासका प्रतिनिधिले गरेको प्रयासले पीडितहरु नेपाल फर्किन पाएको नेपाली समाज यूएईका महासचिव बेदप्रसाद अर्याल पाल्पालीले बताउनुभयो ।

नेपाली दूतावासले जरिवाना बापतको शुल्क मिनाहाका लागि र नेपाली समाजले कोरोनाको पीसीआर परीक्षणका लागि दुबईको आस्तर हस्पिटलसँगको समन्वयमा निःशुल्क गराएपछि उनीहरुलाई नेपाल फर्किन सहज भएको हो ।

यसअघि नेपाल एयरलाइन्सको टिकट काटेर तोकिएको समयमा फर्किन नपाएका उनीहरुलाई एअरलाइन्सले पहिले काटेकै टिकटमा नेपाल फर्काएको एअरलाइन्सका यूएई प्रमुख टिकाराम पंगेनीले जानकारी दिनुभयो ।

कोरोनाका कारण त्यो कम्पनीमा नियमित काम हुन नसकेर ३ सय ५८ जना नेपालीले रोजगारी गुमाएका थिए । काम गुमाएका उनीहरुलाई दूतावास साथै सामाजिक संघ संस्थाले खाना तथा अन्य सहयोग गर्दै आएका थिए । ३ सय ५८ जनामध्ये ३ सय ४१ जना यसअघि नै नेपाल फर्किसकेका छन्। बाँकी १७ जनामध्ये दुई जनाले फेरि यूएईमै अरु काम थालेको र आइतबार १५ जना फर्किएका हुन् ।

आएको केही महिनामै रोजगारी गुमाएर समस्यामा पर्दै आएका उनीहरुलाई नेपाल फर्किएपछि काठमाण्डौबाट घरसम्म पुग्ने यातायात खर्च नेपाली मजदुर एकता समाजका नेपाल समिति अध्यक्ष निमा लामाले प्रदान गर्नुभएको थियो।
यो समाचार उमाकान्त पाण्डेले लेखेका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top